विश्वकप क्रिकेट खेलको छनोटमा पुगेका नेपाली खेलाडीलाई जनही ३ लाख दिने सरकारको घोषणा


काठमाडौंः सरकारले विश्वकप क्रिकेट छनोटमा पुग्न सफल नेपाली खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।


जिम्बाबेमा हुने विश्वकप छनोटमा पुग्न सफल क्रिकेट टिमलाई आज बिहान बालुवाटार बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान स्वरुप टोलीका प्रत्येक खेलाडीलाई ३/३ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।



क्रिकेट खेलाडीलाई सरकारले जनही ३ लाख रूपैयाँसहित सम्मान गर्ने भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणिय सिरिजमा बिहीबार यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।


नेपालले यस सिरिजमा १२ मध्ये ११ खेल जित्न सफल भएको थियो । त्यस्तै सो क्रममा प्रधानमन्त्री प्रचण्डले देशमा निर्माणाधीन रंगशाला पनि पूरा गर्ने बताए ।

