चितवनकी मेयर रेणु दाहालले भनिन् -ढुक्क हुनु होस् भरतपुरमा अब चाँडै क्रिकेट रंगशाला बन्छ


काठमाडौंः चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला बन्नेमा ढुक्कहुन आग्रह गरेकी छिन् ।


विहीबार नेपाल र यूएईबीचको खेल हेर्न त्रिवी क्रिकेट मैदान पुगेकी दाहाललाई समर्थकले गौतमबुद्ध रंगशाला कहिले बन्छ भनेर सोधेका थिए ।



समर्थकको जिज्ञासालाई सामाजिक सञ्जालमार्फत सम्बोधन गर्दै दाहालले केहि दिनमै खुसीको खबर सुन्न पाइने बताएकी छिन् ।


उनले लेखेकी छिन्, ढुक्क हुनुस भरतपुरमा गौतम बुद्ध अन्तराष्ट्रिय कृकेट स्टेडियम बन्छ । केहिदिनमा खुशीको खबर सुन्न पाउनु हुनेछ।

