ज्योतिषिका अनुसार यो साता तपाईका लागि कस्तो छ ? शुभ-अशुभ, मायाप्रेम, ग्रहगोचर ? पढ्नुहोस २०७९ साल चैत्र ४ देखी १० गतेसम्मको साप्ताहिक राशिफल


मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )


यो हप्ता मित्रवर्ग र हितैषीबाट राम्रो सहयोग मिल्नेछ । रमाइलो र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । मध्य साताबाट धर्म तथा समाजसेवामा मन लाग्नेछ । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग कालो वा खरानी रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको आरधना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।



वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )


यो समय निकै उत्साहजनक रहनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । आफन्तहरूसँग भेटघाट हुनेछन् । बुधबारबाट प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रन सक्छ । शैक्षिक क्षेत्र पनि कमजोर रहनेछ । यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

यो साता सहकर्मीबाट विरोध आउला । यात्रामा मालसामान हराउन सक्छ । कसैले झुटो आश्वासन पनि दिन सक्छन् । बुधवारबाट इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । आकस्मिक र राम्रो धन लाभ पनि हुनेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग गुलाबी वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व भगवतीको दर्शन गरि आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता रमाइलो यात्राको योग रहेको छ । आँटेको र ताकेको कार्य पुरा होला । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । साताको अन्त्यमा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो साताका लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग पहेँलो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेश भगवानको स्मरण गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता पारिवारिक वातावरण पूर्णरूपमा सन्तोषप्रद रहनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । शिक्षामा सफलता पनि मिल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । साताको उत्तरार्धमा प्रतिद्वन्दी हरूले कार्यमा अवरोध ल्याउन सक्छन् । व्यापार व्यवसायमा वाधा आउनेछ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग पर्पल वा घिउ रङ्ग हो । शुभकर्म गर्नु पूर्व भगवतीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता कुनै कुराले मनमा शान्ति छाउनेछ । सामाजिक र राजनीति कार्यमा सफलता मिल्नेछ । भौतिक कारोबारमा र शेयरको कारोबारबाट सफलता मिल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग निलो वा घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साताको प्रारम्भिक दिनमा स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । अनावश्यक धन खर्च हुनेछ, तर शुभ कार्यको योग पनि छ । बुधबारबाट लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । यो साताका लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग कालो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट राम्रो हुनेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साता नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । मध्य सातामा मनमा निराशा र शरीरमा आलस्य आउला । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग घिउ रङ्ग हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो सातामा पुनर्मिलनको योग रहेको छ । विश्वास गरेकाले साथ दिनेछन् । भोज र मनोरञ्जनमा सहभागिता भइएला । महिला वर्गबाट विषेश सहयोग मिल्नेछ । अतिथिको रूपमा सत्कार पाइनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग हरियो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो हप्ता नसोचेको ठाउँबाट धनागम हुनसक्छ । दाजुभाइ, दिदीबहिनीले तपाईंको सकारात्मक विचारलाई समर्थन गर्नेछन् । सफल यात्राको योग रहनेछ । वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्नेछ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ । यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साता नियमको अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छन् । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मान्यजनको सुझाव अप्रिय पनि लाग्नेछ । साताको मध्यमा रमाइलो यात्राको योग रहेको छ । शुभारम्भको चर्चा पनि चल्नेछ । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग रातो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साता प्रसन्नतापूर्वक समय व्यतीत हुनेछ । नयाँ व्यक्तिसँग भेटघाट होला । पार्टी, पिकनिक तथा मनोरञ्जनमा सहभागी भइएला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । साताको मध्य भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । शेयर बजारबाट पनि नोक्सानी मिल्नेछ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग खैरो वा रातो रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको आरधना गरि यात्रा गर्नाले सफलता मिल्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।
– ज्यो.प. नारायणप्रसाद दुलाल
977-9849559502
(अधिक जानकारीका लागि ) हाम्रो पात्रो बाट

