एमाले निकट अनेरास्ववियुद्वारा निर्वाचन समितिलाई गृहप्तार

देशकै पुरानो र ठूलो ऐतिहासिक त्रि-चन्द्र बहुमुखी क्याम्पस आज स्ववियु निर्वाचन समितिका लागि मनोनयन पत्र वितरण गरिरहेको अवस्थामा निर्वाचन समितिका पदाधिकारी एवं सदस्यहरुलाई नेकपा एमालेको भातृसंस्था अनेरास्ववियुले गृहप्तार गरेको छ।

 

नेपाल प्रहरीको बाक्लो सुरक्षा घेराबन्दी हुदाँहुदै पनि अनेरास्ववियुले निर्वाचन समितिमाथि दुर्व्यवहार गर्दै गृहप्तार गरि तालाबन्दी समेत गरेपछि नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघले प्रतिकार गर्दै नाराबाजी गरेको छ। शान्तिपूर्ण नाराबाजी गरिरहेको नेपाल विद्यार्थी संघ माथि प्रहरी प्रशासनले हस्तक्षेप गरेपछि दोहोरो झडप परेको नेता एनपी जोशीले बताउनु भयो। अनेरास्ववियुले गरेको अराजक गतिविधिप्रति प्रहरी प्रशासन मुखदर्शक बनेपछि प्रहरी प्रशासनको समेत मिलेमतोमा गृहप्तार गरिएको देखिन्छ। नेपाल विद्यार्थी संघ र प्रहरी प्रशासनको दोहोरो झपडमा परि नेपाल विद्यार्थी संघका नेता एनपी जोशी, सुन्दर बडाल, दिपक लामा, अर्जुन पौडेल, यसमान विष्ट लगायतका सयौ नेता कार्यकर्ताहरु घाइते भएका छन्।

 

अहिले क्याम्पसलाई उपत्यका प्रहरी प्रशासनले घेराबन्दी गरेको छ भने घाइते ने.वि.संघ नेताहरु राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गरिएका छन्। प्रहरीले प्रहार गरेको अश्रु ग्यासको गठ्ठाले टाउको लागेपछि ढलेका नेता एनपी जोशीलाई प्रहरी भाटा समेत हानेको छ।

 

घाइते नेता जोशी राष्ट्रिय ट्रमा सेन्टरको इमर्जेन्सी वार्डमा उपचाररत रहेको उनले बताएका छन्। उपरचाररत जोशीले अनेरास्ववियु र प्रहरी प्रशासनको ज्यादती र अराजक गतिविधि नेपाल विद्यार्थी संघलाई सह्य नहुने भन्दै अत्याचारका विरुद्ध आफुहरु कडाँ रुपमा प्रस्तुत हुने र कुनै हालतमा समेत निर्वाचन गराउने पक्षमा आफु आफु उत्रिने उहाँले बताउनु भएको छ।

Loading...