अन्ततः क्याप्टेन बेद उप्रेतीले एयरक्राफ्ट म्युजियमलाई कञ्चनपुरको महेन्द्रनगर ल्याए

महेन्द्रनगरः ९ बर्ष अगाडी कैलालीको धनगढीमा राखिएको एयरक्राफ्ट म्युजियम महेन्द्रनगर पुगेको छ । धनगढीमा ठाउँ अभाव भएको भन्दै नेपालगञ्ज लगिएको एयरक्राफ्ट म्युजियम महेन्द्रनगरमा स्थापना गरिएको हो ।

May be an image of 2 people, outdoors and text that says 'EXPLORE COCKPIT Captain's Sky क्याप्टेन बद उप्रतो एभियसन म्युजियम SLI'

२०७१ असोज १ गते धनगढीमा स्थापना गरिएको एयरक्राफ्ट म्युजियम २०७८ पुसमा नेपालगञ्ज लगिएको थियो ।
एयरक्राफ्ट म्युजियम डेढ करोडको लगानी गरेर पुनः महेन्द्रनगरमा स्थापना गरिएको छ । शनिबार म्युजियमको महेन्द्रनगरमा औपचारिक शुभारम्भ गरिएको छ ।

May be an image of 11 people, people standing, outdoors and text that says 'ETCOCKPIT क्याप्टन बद उप्रेती एभियसन म्युजियम STA'

यस क्षेत्रको पर्यटकीय विकाससँगै स्थानीय स्तरमा रोजगारी सृजना गर्न र हवाई क्षेत्रमा अध्ययन गर्न चाहने विद्यार्थीलाई आकर्षित गर्न म्युजियम स्थापना गरिएको क्याप्टेन वेद उप्रेतीले जानकारी दिएका छन ।

May be an image of 12 people, people standing and indoor

एयरक्राफ्टभित्र सुदूरपश्चिमका पर्यटकीय स्थलका तस्विरसँगै म्युजियमबारे १० मिनेटको बृत्तचित्र पनि राखिएको छ । अवलोकन गर्न आउनेका लागि रेष्टुरेण्ट समेत सञ्चालनमा ल्याइएको छ ।

Loading...