सुप विश्वविद्यालय: मणिलेकमा नेविसंघको प्यालनै विजयी
बैतडी: सुदूरपश्चिम विश्वविद्यालय अन्तरगत रहेकाे बैतडीको मणिलेक बहुमुखी क्याम्पस मेलौलीमा स्ववियु सभापतीमा नेवि संघको प्यानलै विजयी भएको छ । अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच भएको गठबन्धनलाई पराजित गर्दै नेविसंघको प्यानलै विजयी भएको हो ।


सभापतीमा नेविसंघका नवराज भट्ट विजयी भएका छन् । उनले ७० मत प्राप्त गरे । उनका प्रतिद्धन्द्धी अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच भएको गठबन्धनका साझा उम्मेदवार धनीदत्त भट्टले ४४ मत प्राप्त गरे ।




सचिवमा नेवि संघका निरज भट्ट वियजी भए । उनले ६८ मत प्राप्त गरे । कोषाध्यक्षमा पनि नेवि संघकै सुसिला नेगी विजयी भइन् । उनले ७१ प्राप्त गरिन् ।


सदस्यमा नेवि संघकै पुजा चन्द, दिनेश सिंह साउँद, सुनिता भट्ट र मनोजदत्त ओझा विजयी भए ।
यहाँ १२० मतदाता रहेकाेमा ११५ मत खसेका थिए ।

