नेपाल लोक स्टार-२ को उत्कृष्ट १२ मा सुदूरपश्चिमका एक्ला प्रतिस्पर्धी कमलराज जोशी
धनगढीः मौलिक रियालिटी शो ‘नेपाल लोक स्टार-२’ मा सुदूरपश्चिमका एक्ला प्रतिस्पर्धी कमलराज जोशी उत्कृष्ट १२ मा पुगेका छन् ।
धनगढीमा बस्ने बझाङको खप्तडछान्ना घर भएका जोशी उत्कृष्ट १० का लागि प्रतिस्पर्धा गर्दै छन् ।


उनी धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसमा बिबिएस तेस्रो बर्षमा अध्ययनरत हुन् । बुवाको प्रेरणाले लोक देउडा गाउने प्रेरित भएका जोशी सानैदेखी लोक गित गुनगुनाउदै आएका थिए । धनगढीमा लोक स्टारको अडिसन हुन लागेको खबर थाहा पाएपछि उनी लोक स्टारको धनगढी अडिसनमा सहभागी भए । लोक स्टार शोमा जजहरुको मन जित्दै दर्शक-स्रोताको मन जित्न सफल पनि भएका छन् ।




रियालिटी शो मा उनले सुदूरपश्चिमको भेषभुषामा सुदूरपश्चिमका देउडा गित पनि गाउने गरेका छन् ।नेपाल लोक स्टारका अनुसार शनिबार दिउँसो १२ बजेसम्म स्रोता तथा दर्शकले भोट गर्न सक्ने छन् ।उनलाई उत्कृष्ट १० का लागि भोट गर्ने आईएमई एप्पबाट भोटिङ कोड ४ मा क्लिक गरेर भोट गर्न सकिनेछ ।


‘नेपाल लोक स्टार’मा जयनन्द लामा, बिबी अनुरागी, रामजी खाँड र सुनिता दुलाल निर्णायक छन् । विजेताले करसहित नगद ५० लाख रुपैयाँ पाउने छन् । दोस्रो हुनेलाई २५ लाख र तेस्रो हुनेलाई १० लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

