क्रिकेट इतिहासमा पहिलो पटक पाकिस्तानलाई अफगानिस्तानले चमत्कारिक रुपमा जित्यो
काठमाडौंः अफगानिस्तानले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक पाकिस्तानलाई हराएको छ। पाकिस्तानविरुद्धको पहिलो टी-ट्वान्टी अन्तराष्ट्रिय अफगानिस्तानले ६ विकेटले जितेको छ । सारजाहमा गए राति भएको खेलमा अफगानिस्तानले पाकिस्तानविरुद्ध कुनैपनि खेलमा पहिलो पटक जित निकालेको हो । पाकिस्तानले दिएको ९३ रनको विजयी लक्ष्य अफगानिस्तानले १७ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।


अफगानिस्तानलाई जित दिलाउन मोहम्मद नाबी ३८ बलमा अविजित ३८ रनमा बनाए । नजिबउल्लाह जद्रान २३ बलमा १७ रनमा अविजित रहे ।पाकिस्तानका लागि इहसानउल्लाहले २ तथा नसिम साह र इमाद वासिमले समान १/१ विकेट लिए । पाकिस्तानका लागि डेब्यु खेल खेलिरहेका इहसानउल्लाहले ३ ओभर ५ बलमा १७ रन खर्चेर २ विकेट लिए ।




त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाउँदै ९२ रन बनायो । पाकिस्तानका इमाद वासिमले ३२ बलमा सर्वाधिक १८ रन बनाउँदा सैम अयुब १७ रनमा आउट भए । तयाब ताहिर १६ र कप्तान शादब खानले १२ रन बनाए । अफगानिस्तानका फजलहक फारुकी, मुजिब उर रहमान र मोहम्मद नाबीले समान २/२ तथा कप्तान राशिद खान, नविन उल हक र अजमतुल्लाह ओमरजाईले समान १/१ विकेट लिए ।


पाकिस्तानले नियमित कप्तान बाबर आजम, मोहम्मद रिजवान, इफ्तिखर अहमद, फखार जमान शाहिन शाह अफ्रिदी, हरिस रौफलगयात खेलाडीलाई यस सिरिजमा विश्राम दिएको छ । नयाँ खेलाडीलाई मौका दिएको थियो । दोस्रो टी-ट्वान्टी अन्तराष्ट्रिय खेल शनिबार हुनेछ ।

