फिफा वरीयतामा नेपालको व्यापक सुधार, यस्तो छ पछिल्लो नयाँ स्थान

काठमाडौंः नेपालको फिफा महिला वरीयतामा सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता सुधार भएको हो । नेपालको वरीयता तीन स्थान सुधार भएको हो । नयाँ वरीयतामा नेपाल १०० औं स्थानमा उक्लिएको छ । अघिल्लो पटकको वरीयतामा नेपाल १०३ औं स्थानमा रहेको थियो । एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २० औं स्थानमा रहेको छ ।

यस्तै दक्षिण एसियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि रहेको भारत ६१ औं स्थानमा रहेको छ । विश्व वरीयतामा अमेरिका शीर्ष स्थानमा यथावत छ । यस्तै जर्मनी दोस्रो स्थानमा छ भने स्विडेन तेस्रो स्थानमा रहेको छ। इंग्ल्यान्ड चौंथो र फ्रान्स पाँचौं स्थानमा रहेको छ । त्यस्तै क्यानडा छैठौं, स्पेन सातौं, नेदरल्यान्ड्स आठौं, ब्राजिल नवौं र अष्ट्रेलिया १० औं स्थानमा रहेको छ ।

आसिफलाई मधेश प्रदेश सरकारले दुई लाख पुरस्कार दिने

मधेश प्रदेश सरकारले आफ्नो प्रदेशको अन्तराष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । बेलायतको प्रसिद्ध मेरिलबर्न क्रिकेट क्लवले यसै साता आसिफलाई ‘क्रिस्टोफर मार्टिन जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड’ दिएपछि प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश र देशको शिर ठाडो पार्ने आसिफलाई सो रकम प्रदान गर्ने घोषणा गरेका हुन् ।

पर्सा जिल्लाको वीरगञ्ज निवासी आसिफले २०२२ फेब्रुअरी १४ मा आयरल्याण्डविरुद्धको टी–२० अन्तराष्ट्रिय खेलमा आयरिस खेलाडी एन्डी म्याकब्रायनलाई रन आउट गर्ने अवसर पाउँदा पनि खेलभावना देखाउँदै रनआउट नगरेपछि आइसीसी(अन्तराष्ट्रिय क्रिकेट काउन्सिल) ले आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड २०२२ समेत प्रदान गरेको थियो ।

सो म्याचमा एन्डी म्याकब्रायन नेपाली बलर कमलसिंह ऐरीसँग जुधेर लडेपछि आसिफको हातमा बल आएको थियो । रनआउट गर्ने सहज मौका हुँदा पनि उनले रनआउट गरेनन् । त्यसैले आइसीसीले आसिफको खेलभावनाको उच्च सम्मान गर्दै वर्षको ‘आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड’ प्रदान गरेको थियो । सोही सन्दर्भमा अस्ट्रेलियाको फक्स स्पोर्टस्लेसमेत ‘ब्रिलिएन्ट स्पोर्टस्म्याानसिप फ्रम नेपाल’ भनेर आसिफको प्रशंसा गरेको थियो ।

विशेष गरी उदाहरणीय खेल भावनाको परिचय दिदै विश्वभरिका क्रिकेटप्रेमीहरुको मन जितेर प्रदेश र देशको प्रतिष्ठा बढाएकोमा उच्च कदर गर्दै प्रदेश सरकारले सम्मानस्वरुप आसिफलाई सो रकम प्रदान गर्न लागेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरिले जानकारी दिए । यसअघि प्रदेश सरकारले गुलशन झा र आरिफ शेखलाई पनि जनही दुई÷दुई लाख प्रदान गर्ने घोषणा गरिसकेको छ ।

Loading...