दशनामी र दश दलीय गठवन्धन
अहिलेकाे असीकाे दशकसम्म आइपुग्दा देशमा राजनैतिक स्थायित्व र राजनेताहरूकाे व्यक्तिगत स्वार्थ पूर्तिकालागि दशवर्षे जनयुद्ध, पटक पटक जनआन्दाेलन तथा देशमा दिगाे शान्ति, विकास र अमनचयनकालागि हजाराैं नागरिकहरूले ज्यानकाे आहुतिदिएर पनि देशले गति लिन नसक्दा जाे काेहीलाई पनि अचम्म लाग्नु स्वभाविक नै हाे । लाेकतन्त्रले राम्राे मलजल नपाउँदा ओइलाउँदै गइरहेकाे छ भन्नमा अतिशयाेक्ति नहाेला । सर्वप्रथम त म तीं ज्यानकाे आहुतिदिने हजाराैं शहीदहरूलाई श्रद्धासुमन अर्पण गर्न चाहन्छु । माथिकाे शीर्षक देखेर पाठकहरूलाई पक्कै पनि दशनामी र दशदलीय गठबन्धनकाे के सम्बन्ध रहेछ त भनेर याे लेख पढ्ने अभिरुचि पलाउन सक्छ । यहाँहरूले मलाई राजनीतिक विश्लेषक बन्न खाेजेकाे अक्षेप नलगाइ राजनीतिमा रुचिराख्ने लाेकतन्त्रकाे शुभचिन्तककाे रुपमा हेर्नू हुनेछ भन्ने विश्वास लिएकाे छु । लाेकतन्त्रलाई मलजल गरि हुर्काउनु पर्दछ भन्ने मान्यता मेराे पनि रहेकाे छ । तर म कुनै पनि दलकाे अन्धभक्त नभएकाे व्यहाेरा अनुराेध गर्न चाहन्छु ।


२०७९ फाल्गुण २५ गते बिहीबारका दिन देशले अभिभावक पाएकाे दिन हाे । हुन त जुन जाेगी आए पनि कानै चिरेका भने जस्तै हाे, देशले राष्ट्रपति पाएकाे छ । नवनिर्वाचित राष्ट्रपतिज्यूलाई बधाई छ भन्न चाहन्छु । हुन त सर्वसाधारण मान्छेले सामाजिक सञ्जालमार्फत अमेरिकाकाे राष्ट्रपतिलाई बधाई सन्देश लेख्नु र नेपालकाे राष्ट्रपतिलाई बधाई सन्देश लेख्नु उस्तै उस्तै हाे । तर पाठकहरूले बधाई सम्म पनि लेख्न कन्जुस्याइँगर्ने असभ्य नागरिकको उपमा देलान कि भनेर बधाई शब्द लेख्न बिवस छु । मैले नेपालका राजनीतिक दलहरूलाई मेराे बुझाई अनुसार फरक फरक तरिकाले हेर्ने गरेकाे छु ।




मैले नेपालकाे सात दलीय गठबन्धनलाई सप्तऋषिसंग तुलना गरेर हेरेकाे छु । कुनै समयमा नेपालमा सात दलीय गठबन्धन पनि थियाे सायद । सप्तऋषिसंग तुलना गर्दा पक्कै पनि मलाई पाठकज्यूहरूले सात दलकाे पक्षधर भन्लान, त्यसाे चाहिँ हाेइन है । सप्तऋषि काे काे रहेछन? भन्ने जिज्ञासामा सप्तऋषिहरूकाे नाम उल्लेख गर्नु सान्दर्भिक हुन्छ हाेला ।


सप्तऋषि शब्द सात र ऋषि मिलेर बनेको शब्द हो । जसको अर्थ सात जना ऋषि भन्ने लाग्छ । सप्तऋषि ब्रह्माका मानसपुत्र हुन् । सप्तऋषि समूह :- १.कश्यप २.अत्रि ३.भारद्वाज ४.गौतम ५. यमदग्नि ६. वशिष्ठ ७. विश्वामित्र
माथि उल्लिखित सप्तऋषिहरूसंग सातदल र दलका नेताहरूकाे गुण मिल्दथ्याे वा मिल्दैनथ्याे, त्यसकाे विश्लेषणगर्ने पालाे यहाँहरूलाई नै सुम्पेकाे व्यहाेरा अनुराेध गर्न चाहे । देशमा शान्ति, स्थायित्व र विकासकालागि सप्तऋषिहरूबाट सम्भव नभएपछि पाँच दलीय गठबन्धन बन्न पुग्याे । मैले ती पाँच दललाई पाण्डु पुत्र पाँचभाइ पाणडवहरूसंग तुलना गरेकाे छु । जुन “देशकाे जुरमुराउँदाे लाेकतान्त्रिक व्यवस्था” शीर्षकमा उल्लेख गरेकाे व्यहाेरा अनुराेध गर्दछु । उक्त भनाईमा कुन्ती र माद्री बाहेक अरु नारीहरूकाे पनि अदृश्य भूमिका रहेकाे मेराे बुझाई रहेकाे थियाे । पाँच दलीय गठबन्धन पनि असफलभई आठ दलीय गठबन्धन बन्न पुग्याे । आठ दलीय गठबन्धनलाई मैले महर्षि अष्टावक्रकाे बाङ्गाेटिङ्गाे भाैतिक शरीरसंग तुलना गरेकाे थिए । जुन कुरा मैले “नेपालकाे राजनीति र अष्टावक्र ऋषि” भन्ने शीर्षकमा उल्लेख गरेकाे छु ।

अहिलेकाे दश दलीय गठबन्धन संग दशनामीकाे नाम जाेड्नु त मेराे अपरिपक्वता पनि हुन सक्छ । तर दश दललाई दशनामीकाे नामसित संयाेग मात्र जुराउन खाेजेकाे छु । दशनामीकाे नाम लिदै गर्दा निजहरूकाे सामान्य परिचय पनि उल्लेखगर्नु सान्दर्भिक देखिन्छ ।
१. गिरी :- दशनामी समाजमा करिब ९० प्रतिशतभन्दा बढी संख्या गिरीहरूकै देखिन्छ । कतिपय दशनामी जस्तै : पर्वत, अरण्य, सरस्वती आदिले आफ्नो वास्तविक थर नलेखी सजिलोका लागि गिरी लेख्ने गरेकाे पाइन्छ । आर्य संस्कृतिका विद्वानहरू, जो पहाडको कन्दरामा हिमालमा जान्थे, रहन्थे, तिनीहरूका सन्तान नै कालान्तरमा गिरी भए ।
२. वन :- वानप्रस्थहरूका लागि वैदिक आर्यहरू वन जाने गर्थे । वनमा बसी आफूले जीवनभर आर्जन गरेको शस्त्र–शास्त्रसम्बन्धी ज्ञान व्रह्मचारी शिष्यहरूलाई सिकाउने गर्थे । ताकि आर्यमा लडाकुहरूको कमी हुन नपाओस् साथै आर्य संस्कार लोप नहोस् । वनलाई पाठशालाको रूपमा अगाडि बढाएको ठाउँमा पक्कै पनि सुविधा थिएन, मर्यादा थियो । अभावमा खारिएर, कष्ट सहेर ज्ञान आर्जन गरी आर्य युवाहरू आफ्ना कर्म निर्वाह गर्न ग्राम फर्किन्थे । वनमा रमेका आचार्यहरूका सन्तानले कालान्तरमा आफ्नो पहिचान गराउन नामका पछाडि ‘वन’ लेख्न थाले ।
३. पर्वत :- नारदका समकालीन फिरन्ते एक जना ऋषि थिए पर्वत । प्रकृतिमा नै रम्न थालेपछि पर्वत ऋषि देवले समाजमा नारदजति ख्याती पाउन सकेनन् । । अर्को प्रसंग पार्वतीका बुवा पर्वतहरूका राजा हिमालय पनि त दशनामी संन्यासी मध्येकै पर्वत थिए ।
४. अरण्य :- दक्षिण भारतमा वनलाई अरण्य भन्ने गरिन्छ । आर्य भूमि विस्तार गरिँदा आर्यहरू भागेर अरण्य गई लुक्ने र त्यहीँबाट आक्रमण गर्ने गर्थे । कतिपय आर्यहरू धर्म, संस्कार, आचरण, अपराधका कारण दण्डित पनि हुने गर्थे । त्यस्ता पनि दण्डबाट बच्न अरण्यमा गई बस्न थालेका थिए । दण्ड पाएकाहरूलाई पनि दण्ड स्वरूप वनवासका निमित्त अरण्यमा पठाइन्थ्यो । मर्यादा पुरुषोतम राम पनि १४ वर्षको वनावासका लागि अरण्य गएको रामायणमा उल्लेख छ ।
५. सागर :- विजय प्राप्त गर्दै आर्य संस्कृति प्रसार गर्दै हाम्रा आर्य पुर्खाहरूले सागरसम्म आर्य पताका फहराएका थिए । हो, तिनै आर्य पुर्खाहरू सागर (समुद्र) किनारामा बसी गुरुकुल स्थापना गरी भारतवर्षको रखवारी गर्थे । सीमामा शस्त्र र शास्त्रले आर्य संस्कृति र भूमिको रक्षा गर्थे । यति मात्र नभएर उनीहरूले राम्रा नश्लका घोडा, गाई र भेडा पनि पालन गरी नश्ल सुधार गरेका थिए ।
६. तीर्थ :- धर्मिक स्थललाई तीर्थ पनि भनिन्छ । धार्मिक स्थल (तीर्थ) मा सन्यासीहरू भगवानको पूजा गर्ने गर्दथे । पूजा मात्र गर्ने होइन, रेखदेख, स्याहार सुसार पनि गर्ने गर्थे । संन्यासीहरूले धार्मिक स्थललाई राम्रोसँग सञ्चालन गरी दूर देशसम्म सोको प्रतिष्ठा बढाएका थिए । संन्यासीहरूले कायम गरेको व्यवस्था अवलोकन गर्न मानिसहरू तीर्थ यात्रामा जाने गर्थे र गर्दै पनि छन् । संन्यासीहरूले सञ्चालन गरेका धार्मिक स्थल अरूहरूका भन्दा भिन्न हुन्थे । सेवा र कर्तव्य ठानेका संन्यासीहरू सामु एउटै लक्ष्य हुन्थ्यो, तीर्थयात्रुलाई कुनै कष्ट नहोस् ।
७. आश्रम :- आर्य पुर्खाहरू आश्रममा बसी प्रेम बाँड्ने गर्थे । आर्य ऋषि गोत्रप्रवर्तक प्रत्येक ऋषिको आआफ्नै आश्रम भएका पाइन्छ । तर, गोत्र प्रवर्तक ऋषिहरू प्रेममुक्त थिए । उनीहरूको सामाजिक जिम्मेवारी पछिल्लो समयमा भने नगण्य हुन गयो । आश्रममा बसेर आर्य संस्कृति र आर्य उत्थानका बारेमा विचरण गर्नु र राजाहरूलाई सही मार्ग दर्शन दिनु उनीहरूको कर्तव्य थियो । त्यही आश्रमवासी संन्यासी, जो भार्गव जमदग्निका सन्तति थिए, तिनले ‘आश्रम’लाई थरको रूपमा अपनाए ।
८. सरस्वती :- सप्तसिन्धुको प्राचीन पवित्र नदी सरस्वती किनारमा आर्य सभ्यता पल्लवित भई फस्टाएको हो । तत्कालीन धेरै आर्यले सरस्वतीलाई आमाको रूपमा स्मरण गरेका थुप्रै ऋचाहरू वेदमा समेटिएका छन् । सरस्वती किनारमा आश्रम स्थापना गरी ज्ञानको ज्योति छरी आर्य संस्कार टिकाएकाहरूका सन्तान सरस्वती बन्न पुगे ।
९. पुरी :- वैदिक साहित्यमा पुर र पुरी शब्द पर्याप्त पाइने गरेका छन् । पुरको अर्थ हो, ग्राम परिवेशबाट विकास भई शहरको रूप धारण गरेको स्थान । तर, पुरीचाहिँ मन्दिरको नामले ख्याति कमाएको ठाउँ हाे ।
१०. भारती :- विश्वामित्र र दिवोदासको कुल भरत थियो– साथै सकुन्तलापुत्र भरत पनि प्रतापी थियो । यी २ मध्ये कुनै १ बाट सिंगै क्षेत्र भारतवर्ष कहलायो । यहाँ भन्न खोजेको कुरो वैदिक भरत जनका सन्तान नै अहिलेका भारती हुन् ।
मैले माथि उल्लेख गरेका कुराहरूमा सप्तऋषिसंग सातदलकाे चरित्र मिल्दथ्याे वा मिल्दैनथ्याे । पाँचदलीय गठबन्धनकाे र उक्त दलका नेताहरूकाे चरित्र पाण्डवहरूकाे चरित्रसंग मिल्दथ्याे वा मिल्दैनथ्याे तथा आठ दलीय गठबन्धन महर्षि अष्टावक्रकाे भाैतिक शरीरसंग तुलनागर्नु सान्दर्भिक थियाे कि थिएन ? हालकाे दश दलीय गठबन्धन दशनामीहरूकाे चरित्रसंग मेल खान्छ कि खादैन ।याे कुराकाे विश्लेषण र समीक्षा तथा मूल्याङ्कनकाे जिम्मा यहाँहरूले नै लिनु हुनेछ भन्ने कुरामा विश्वस्त छु । यस्तै छ नेपालकाे राजनीतिक तरलता … धन्यवाद
मान सिंह धामी
उप-प्राध्यापक
कैलाली बहुमुखी क्याम्पस, धागढी

