बैतडीको सिगासमा २२ गते देखि २८ गते सम्म सञ्चालन गरिने नि:शुल्क दन्त सेवा शिविरमा थप दुई सेवा प्रदान गरिने

महिला रोगको उपचार सङ्गै अपाङ्गता परिचयपत्रको सेवा पनि प्रदान गरिने

बैतडी :जिल्लाको सिगास गाउँपालिकाको आयोजनमा सञ्चालन हुने भनिएको दन्त सेवा शिविरमा थप दुई सेवा प्रदान गरिने भएको छ।डडेल्धुरा अस्पताल डडेल्धुराको प्राविधिक सहयोग तथा सिगास गाउँपालिकाको आयोजनामा यहिँ चैत २२ गते देखि २८ गते सम्म नि:शुल्क दन्त शिविर सङ्गै महिला रोगको उपचार र अपाङ्गता परिचयपत्र बितरण,अपांग भएका ब्यक्तिको अपांगता पहिचान कार्य सञ्चालन हुन लागेको हो ।

गाउँपालिकाले सूचना प्रकाशित गर्दै गाउँपालिका भित्रका सबै वडाहरूमा मध्यनजर गर्दै शिविर सञ्चालन हुने जनाएको छ । चैत्र २२ गते वडा नं. १ र २ को लागि गाँजरी स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुनेछ, २३ गते वडा नं. ३ को लागि सिगास स्वास्थ्य चौकी चमडेखर्कमा, २४ गते वडा नं. ५ को लागि ढुङ्गाड स्वास्थ्य चौकीमा, २५ गते वडा नं. ६ को लागि थालाकाँडा स्वास्थ्य चौकीमा, २६ गते वडा नं. ९ को लागि चौखाम स्वास्थ्य चौकीमा, २७ गते वडा नं. ७ र ८ को लागि शिवलिङ्ग स्वास्थ्य चौकीमा र अन्तिम दिन चैत्र २८ गते वडा नं. ४ का लागि सिगास गाउँपालिकको सदरमुकाम गर्जेमा शिविर सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

शिविरमा दाँत दुख्ने, दाँत हल्लिने, पीप आउने समस्याको उपचार तथा परामर्श, गिजा सम्बन्धी समस्याहरुको उपचार तथा परामर्श र मुखमा आउने घार, खटिरा र क्यान्सर सम्बन्धी उपचार तथा परामर्श सेवा दिइने,महिलाको तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ तथा पाठेघर खसेका महिलाको लागि रिङ्पेसरी सहितको सेवा,अपाङ्गता परिचयपत्र प्रयोजनार्थ अपाङ्गता पहिचान तथा स्वास्थ्य परिक्षण सेवा प्रदान गरिने गाउँपालिकाले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ।
नोट:-अपाङ्गता परिचयपत्र वितरण कार्य अपाङ्गता पहिचान पश्चात डाक्टरको सिफारिस बमोजिम वर्गीकरण गरि गरिनेछ|

Loading...