डेढ बर्ष देखि बिरामी सिगास ९ कि निर्मला नेपालीको उपचारमा सहयोग गर्ने गाउँपालिकाको घोषणा

बैतडी:

जिल्लाको सिगास गाउँपालिकाको वडा नं.०९ मा डेढ बर्ष देखि बिरामी परी आर्थिक अभावका कारण उपचार नपाएर पीडा भोगिरहेकि निर्मला नेपालीको उपचार गर्न स्थानीय सरकार सिगास गाउँपालिकाले सहयोग गर्ने घोषणा गरेको छ|
पछिल्लो १.५ बर्ष देखि उपचार नपाई बिरामीकै कारण हिँडडुल गर्न नसकि घरमै बस्दै आएकि बालिकाको उपचारमा सहयोग गर्ने पालिकाले घोषणा गरेको हो|

निर्मला नेपालीको अहिलेको बिरामी अवस्था
निर्मला नेपालीको अहिलेको बिरामी अवस्था

बुवा गोपाल नेपाली र आमा धौली नेपालीकि १६ बर्षिय छोरी निर्मला नेपालीको कम्मर भन्दा तल (प्यारालाइसिस) जस्तै शरीर नै नचल्ने,घरमा बुवा बितिसकेका र भाई पनि बिगत २/३ बर्षदेखि अस्वस्थ अवस्थामा रहेको पिडादायिक अवस्थाका कारण स्कुल समेत छोडेकि नेपालीको यो दयनीय अवस्था रहेको गाउँपालिकाका उपाध्यक्ष धना धामीले बताएकि छन्।
सिगास गाउँपालिकाका सम्पूर्ण वडाहरुमा महिला संजाल गठन गर्ने क्रममा वडा नं.०९ मा पुग्दा नेपालीको अवस्था बारे सुनेपछि थप बुझ्न घरमै पुग्दा यो अवस्थामा भेटेको उपाध्यक्ष धामीले जनाइन्।

कुनै पनि आम्दानीको स्रोत नभएकोले कुन रोग लागेको हो भनेर पत्ता लगाउन प्रारम्भिक उपचार समेत गर्ने खर्च नभएको,नत कुनै सम्पत्ति बेचेर उपचार गर्न सम्पत्ति नै रहेको, जमिनको नाममा करेसाबारी समेत नरहेको यो विषम परिस्थिति थाहा पाए पछि घर्मै पुगेकी उपाध्यक्षले उक्त बालिकाको उपचारका लागि स्थानीय सरकारले जिम्मा लिने घोषणा गरेका छन्|

गाउँपालिकामा कार्यकारी प्रमुख नभएको हुदा आर्थिक कारोवार बन्द भएकाले कार्यकारी प्रमुख आउने बितिक्कै गाउँपालिकाले आर्थिक सहयोग गरेर उक्त बालिकाको उपचारका लागि प्रक्रिया अगाडि बढाउने उपाध्यक्षले जनाउनु भयो।

निर्मला नेपालीको पहिलेको स्वस्थ अवस्था
निर्मला नेपालीको पहिलेको स्वस्थ अवस्था
Loading...