नेपाल टेलिकमद्वारा ‘एसईई परीक्षा दिएका बिद्यार्थीका लागि ल्यायो बम्पर अफर, विद्यार्थीलाई निःशुल्क सिमका साथ ‘बोनस अन रिचार्ज प्याक’

काठमाडौंः नेपाल टेलिकमले एसईई परीक्षा दिएका विद्यार्थीहरूका लागि लक्षित गर्दै ‘एसईई २०७९ अफर’ ल्याएकाे छ । यसअन्तर्गत कम्पनीले एसईई दिएका विद्यार्थीलाई निःशुल्क सिमका साथ ‘बोनस अन रिचार्ज प्याक’ उपलब्ध गराउने छ ।

चैत २४ शुक्रबारदेखि उपलब्ध हुने यो अफर तीन महिनासम्म सञ्चालन हुनेछ भने बोनस अन रिचार्ज ६ महिनासम्म उपलब्ध गराइने छ । यस्ताे सिम नेपाल टेलिकमका देशभरका कार्यालयबाट निःशुल्क उपलब्ध हुने बताइएको छ ।

सिमकार्ड प्रयोगमा आउनासाथ ३० दिनसम्मका लागि विभिन्न अफरहरु उपलब्ध हुनेछन् । विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफरहरु उपयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरुले सिम कार्डमा मेन ब्यालेन्सको रुपमा उपलब्ध हुने रु. १० बाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डेटा चलाउन सक्नेछन् ।

साथै एक महिनासम्म जम्मा ४० मिनेट अन-नेट कल गर्न, ६० एमबी डेटा चलाउन र ३० वटा अन नेट एसएमएस सहितको सुविधा प्रयोग गर्न सक्नेछन् ।

यसका अतिरिक्त यसबाट नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक २० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा १०० एमबी
डेटा प्रयोग गर्न सकिने छ । यस अनुसार ३० दिनसम्म ३००० एमबी डेटा, ६०० मिनेट टकटाइम र ३०० ओटा एसएमएसको सुविधा प्राप्त हुनेछ ।

नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरुले प्रवेश पत्र वा कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति फोटो र अभिभावकको नागरिकता वा आफ्नो परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ ।

यस अफरअन्तर्गत उपलब्ध हुने बोनस अन रिचार्जमा रु. ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डेटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ ।

रिचार्जमा ६ महिनासम्म बोनस सुविधा प्राप्त हुनेछ र बोनस प्राप्त भएको तीन दिनभित्र प्रयोग गरिसक्नुपर्ने कम्पनीले जनाएकाे छ ।

Loading...