गरिबीकै कारण उपचार गर्न नसक्दा यस्तो पीडा भोग्दै छन्, सिगासकी निर्मला नेपाली

बैतडी:

जिल्लाको सिगास गाउँपालिका स्थित वडा नं.०९ चौखाम घर भएकि निर्मला नेपाली बिगत दुई बर्ष देखि बिरामी रहेकी छन्।घरको आर्थिक अवस्था नाजुक रहेको नेपालीको परिवारले गरिबीकै कारण उपचार गर्न नसक्दा निर्मलाले २ बर्ष देखि पीडा खेप्दै आएकि हुन्।

बुवा गोपाल नेपाली र आमा धौली नेपाली की १६ बर्षिया छोरी निर्मला नेपाली पछिल्लो डेढ बर्ष देखि हिँडडुल गर्न सकिरहेकी छैनन्।कम्मर भन्दा तल उनको(प्यारालाइसिस) जस्तै शरीर नै चल्दैन घरमा बुवा बितेको दुई बर्ष भयो भने भाई पनि बिगत २/३ बर्षदेखि अस्वस्थ रहेका छन्।

पिडित नेपाली भन्छिन्:

मेरो परिवारको कुनै पनि आम्दानीको स्रोत नभएकाले कुन रोग लागेको हो भनेर पत्ता लगाउन प्रारम्भिक उपचार समेत गर्न सकिएको छैन। नत कुनै सम्पत्ति बेचेर उपचार गर्न सम्पत्ति नै छ,नत जमिननै छ।बुवाको मृत्यु भए पश्चात् दैनिक जेला मजदुरी गरेर घरपिवार धानी रहेकी आमा लाई घर परिवार धान्नै गाह्राे भइसकेको छ।

अहिले उनको अवस्था थाहा पाएपछि उपचार गर्न स्थानीय सरकार सिगास गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्वता पनि गरेको छ|साथै अन्य सहयोगी मनहरुले पनि उपचार गर्न सहयोग अभियानको थालनी गरेका छन्।
पिडित निर्मला नेपाली पनि आफ्नो उपचारका लागि आर्थिक सहयोग गरिदिनहुन सम्पूर्णमा अपिल गरेकि छन्|
हेर्नुस् निर्मला नेपालीको अवस्था यस्तो छ/भिडियो:

 

Loading...