तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी का स्वर्णिम वाग्लेले अग्रता बढाउँदै, ४ हजार मतले अगाडी

काठमाडौं : तनहुँ–१ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता बढाउँदै लगेका छन्।

आइतबार रातिदेखि भएको मतगणनामा बिहान ८ बजेसम्मको मतपरिणामअनुसार कुल १३ हजार ७५९ मत गन्दा वाग्लेले ७ हजार ६२५ मत प्राप्त गरेका छन्। उनका निकतटम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ३ हजार ४७१ मत पाएका छन्। भट्टराईभन्दा वाग्ले ४ हजार १५४ मतले अगाडि छन्।

वाग्ले र भट्टराईलाई पछ्याइरहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले २ हजार २१९ मत प्राप्त गरेका छन्।

१ लाख २३ हजार ३०५ मतदाता रहेको तनहुँ–१ मा उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। यस क्षेत्रमा ९ उम्मेदवार चुनावी मैदानमा छन्।

२ दिनभित्र अन्तिम मतपरिणाम सार्वजनिक गर्ने आयोगको तयारी छ। उपनिर्वाचन भएका बारा–२ र चितवन–२ मा भने सोमबार बिहानदेखि मात्र मतगणना सुरु हुने भएको छ।

Loading...