बैतडी सिगासका समाजसेवी तिलक ऐरको देउडा गित “परदेशैको रनुखानु” सार्वजनिक

बैतडी:

जिल्लाको सिगास गाउँपालिका वडा नं. ७ ओखडानी घर भएका समाजसेवी तिलक सिंह ऐरको पहिलो देउडा ठाडी भाका “परदेशैको रनुखानु” सार्वजनिक भएको छ ।

परदेशीको कथा व्याथा बोकेको “परदेशैको रनुखानु” देउडा ठाडी भाकामा तिलक सिंह ऐरले मिठो शब्द लेख्नुभएको छ । गायक करन नेपालीको लय रहेको उक्त देउडा ठाडी भाकामा स्वर नव गायक रमेश विश्वकर्माको रहेको छ ।

बिग परिवेश डिजिटल रेकर्डिङ स्टुडियो अनामनगर काठमाडौंमा रेकर्ड गरिएको उक्त देउडा गितको एरेन्ज भुवन बडुले गर्नुभएको छ भने अडियो सम्पादन / मिक्सिङ पनि भुवन बडुले नै गर्नुभएको छ ।

भिडियो सम्पादन तिलक सिंह ऐरले गर्नुभएको छ भने परदेशीको कथा व्याथा बोकेको “परदेशैको रनुखानु” देउडा ठाडी भाका Tilak Singh official मार्फत सर्वत्र बजारमा आएको छ ।

गितमा विशेष सहयोगी टेक विक, शंकर सिंह ऐर, भीम बहादुर ऐर रहनुभएको छ । सहयोगीहरु डम्बर बिक, विरेन्द्र ऐर, राम सिह ऐर, चन्द्र सिंह ऐर, नविन ऐर, जस्बिर विक रहनुभएको छ ।

हेर्नुहोस् तिलक सिंह ऐरको पहिलो देउडा ठाडी भाका “परदेशैको रनुखानु”

 

Loading...