सुरेश कुमारका केही उत्कृष्ठ गजलहरु
बाटो देखायो बर्गशङ्घर्षको कामदार लाई,
उखालेर फाल्न सिकायो हिटलर जार लाई।
जिवन लगायो सबै श्रमजिवीको उत्थानमा,
फैलाए दुनियाँ भरी उनैले बर्गिय प्यार लाई।
एकताको तागत सबैभन्दा शक्तिशाली हुँदा,
बदलन सिकायो मार्क्सवादले सन्सार लाई।
सर्वहारा श्रमजिवी लाई जुर्मुराउँन साकायो,
खोस्न साकायो आफ्नो हक अधिकार लाई।
गरिब ज्यामीले पाए नयाँबाटो वर्गशंघर्षको,
आपसमा सिकायो मित्रताको व्यबहार लाई।
उसैको बदौलत पाएका छौं हामिले अहिले,
जिवनकै एउटा सुनौलो ज्युँने आधार लाई।


॥१॥




॥४॥

