नेपालमा भिभो V27 सिरिजको मुल्यसार्वजनिक एवंप्रि–बुकिङखुला
काठमाडौं: भिभो, एक विश्वव्यापी अग्रणी ब्राण्डले आफ्नोफ्ल्यागशिप भी सिरिजअन्तर्गतबहुप्रतिक्षित नयाँ स्मार्टफोन भी२७ सिरिज सार्वजनिक गरेको छ ।यी दुवै स्मार्टफोनहरु ८ तारिखदेखि १४ तारिखसम्म (वैशाख २५ देखि ३१ गतेसम्म) प्रि–बुकिङलागि उपलब्ध हुनेछन् । ग्राहकहरुले रु ३००० तिरेर भी२७ फाइभजी वा भी२७ई को प्रि–बुकिङ गर्न सक्नेछन् । साथै ग्राहकहरुले भी२७ फाइभजी को प्रि–बुकिङमा भिभो टीडब्लुएस एयर र भी२७ईको प्रि–बुकिङमा नोइज कलर फिट ग्राण्ड स्मार्टवाच पाउँनेछन् । फोनमा स्लीक डिजाइन, भी२७ फाइभजीमा औरा लाइट पोट्र्रटसिस्टम, ४६०० एमएएच ब्याट्री र ६६ वाट फ्ल्यास चार्ज लगायतका आकर्षकविशेषताहरु छन् ।


भिभो भी२७ सिरिजको बारेमा भिभो नेपालका जनरल म्यानेजर माइकलले भन्नुभयो, “भिभोभी सिरिजको उत्कृष्ट कार्यसम्पादन तथा नवीन विशेषताहरुले गर्दाप्रयोगकर्ताहरू सधैं यस स्मार्टफोनहरूप्रति आकर्षित हुँदै आएका छन्। भिभोमा, हाम्रो मूल सिद्धान्तबेन्फेनप्रतिहामी प्रतिबद्ध छौं, जसले निरन्तर अनुसन्धान र सही कामहरू गर्ने हामीलाई अग्रसर गर्दछ। र,भी२७ सिरिज यो अटल प्रतिबद्धताको प्रमाण हो ।




ग्लोइङ पोट्र्रेटसुनिश्चित गर्ने आकर्षक र उत्कृष्ट क्यामेरा


भी२७ सिरिजका स्मार्टफोनहरूले मोबाइल फोटोग्राफीको संसारमा गेम–परिवर्तकको रूपमा काम गर्नेछ । भी२७ फाइभजीमा औरा लाइट पोर्ट«ेट प्रणाली छ जसलेग्लोइङ पोर्ट«ेटमा एक्सपोजरलाई बढाएर उत्कृष्ट एवं आकर्षक फोटोहरु खिच्न मद्दत गर्दछ ।
भी२७ फाइभजीमा ५०एमपी अल्ट्रा–सेन्सिङ रियर क्यामेरा र ५०एमपी अटोफोकश सेल्फी क्यामेराको साथमा सोनी आइएमएक्स७६६भी सेन्सर रहेको छ ।साथै, भी२७ फाइभजीले सफ्ट र एकसमान प्रकाश प्रभाव प्रदान गर्दछ जसले प्रयोगकर्ताहरूलाई रातीको समयमा पनि स्पष्ट, प्राकृतिक र उत्कृष्ट तस्बिरहरू खिच्न मद्दत गर्दछ । त्यस्तैभी२७ई को६४एमपी ओआईएस अल्ट्रा–सेन्सिङ क्यामेराले स्थिर स्न्यापसटहरू प्रदान गर्दछ र कम प्रकाश अवस्थाहरूमा खिचिएका तस्वीरहरुको गुणस्तर वृद्धि गर्दछ । यसमा भएको ३२एमपी एचडी सेल्फीबाट प्रयोगकर्ताहरुले स्पष्ट तस्वीरहरुखिच्न सक्छन् ।
दमदार स्क्रिन र मोहक डिजाइन
भी२७ फाइभजी भिभोको नेपालको पहिलो १२० हर्ज थ्रीडी कर्भ स्मार्टफोन हो जसले प्रयोगकर्ताहरूको भिजुअल अनुभव वृद्धि गर्दछ। त्यस्तै भी२७ई मा २.५डी स्क्रिन र १२० हर्ज एमोलेड डिस्प्ले रहेको छ जसलेस्क्रिनको ब्राइटनेशलाई व्यवस्थीत गर्दै जीवन्त रंगहरू प्रदान गर्दछ ।

शानदार प्रदर्शन
भी२७ सिरिजमा ४६०० एमएएच ब्याट्री र ६६ वाट फ्ल्यासचार्ज छ र दुवै फोनहरुकेवल १९ मिनेटमा ५० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । भी२७ फाइभजीमा मिडियाटेक डाइमेन्सिटी ७२०० प्रोसेसर रहेकोछ जुन ४एनएम मेकानिज्ममा सुसज्जित छ । त्यस्तै भी२७ईमा मिडियाटेक हेलियो जी९९ प्रोसेसर रहेको छ जसले सहज रूपमा एपहरूबाट स्वीच गर्न र डेटा स्टोर गर्न मद्दत गर्दछ ।
भी२७ फाइभजी दुई आकर्षक रंगहरूमा– म्याजिक ब्लू र नोबल ब्ल्याकमारु ५८,९९९ मा उपलब्ध हुनेछ र भी२७ई दुई उत्कृष्ट रंगहरूमा –ल्याभेन्डर पर्पल र ग्लोरी ब्ल्याकमा रु ४१,९९९ मा उपलब्ध हुनेछ । दुवै स्मार्टफोनहरु ८+२५६ जीवी भेरियन्टमा मे १५ अर्थात जेठ १ गतेबाट देशभरका सबै रिटेल स्टोरहरु र ईकर्मसमा उपलब्ध हुनेछ ।

