कतै भ्रष्ट्राचारी फाइल हात्तीका देखाउँने दांत त होइनन् ?
सुरेशकुमार पाण्डे


हाम्रो देशभित्र कुनै पनि काम राष्ट्रियताको पक्षमा र गणतन्त्रको पक्षमा हुँनथाल्यो भने यो सम्झिनुहोस् भित्रभित्रै कुनै राष्ट्रघाती वा जनघाती काम हुँनथालेको छ।




यस्तो मैले किनभने ? हाम्रो देशमा बहुदल पछिको लामू इतिहाश नै यस्तै-यस्तै छ।कालपानी ,लिम्पियाधुरा र लिपुलेखको,वा चुच्चे नक्साको वेलामा देशको संसदको सबैसदस्यहरूले एक आद छाडेर पारित गरेका थिए।त्यो वेला ओलिको सरकार वाह-वाह भयो। तर त्यो लागुहुनुको साटो देशमा वाम्पन्थिको सरकारनै गुल्टियो र सबै उमिद भाताभुङ्ग भयो।


सन्सदबाट जोर जवर्जस्ति गरेर एम सीसी पारित भयो।यही मात्र एउटा घटनाको उधारणले पनि बुझ्न सकिन्छ।अहिले यो भुटानी सरणयात्री बनाएर अमेरिका पठाउँने जस्तो भ्रष्टचारको फाइलमा जनताको ध्यान बटुलेर कतै नागरिकता बिधेयक र एस पीपी पारितगर्ने सडयन्त्र त होइन? त्यो बिगतका केही घटनाहरूले गर्दा सङ्कागर्ने श्रोतपनि जुटाएकाछन्।त्यसो नहोस् र हाम्रो अड्कल गलत हौस भन्ने कामना गरौँ।हिंजो सन्सद द्वौरा पारित गरेर राष्ट्रपति विध्यादेवीको समक्ष पठाएको र उन्ले सहिछाप नगरेको नागरिकता विधेयक र सन्सद बाट पारित नभएको अमेरिकी साम्राज्यवादको प्रस्ताव एसपीपीलाई पारित गराउँने आधार तैयारपार्न गरिएको ड्रमा त होइन?भन्ने अहिले जनस्तरबाट आवाज उठ्नथालेको देखिन्छ।
जेहौस् कामना गरौं देशमा राष्ट्रघाती कृयाकलाप नहौस् र भ्रष्टचारीहरूलाई कानुन अनुसारको निश्पक्षिय सजाय होस्।
अहिले गृहमन्त्री नारायणकाजी श्रेष्ठ दोस्रो पटक गृहमन्त्रालय छोपेकाछन्।उनि पहिले २०६८सालमा पनि२८दिनकालागी गृहमन्त्री बनेकाथिए।
गत पुष ११मा उपप्रधानमन्त्रि तथा भौतिक पूर्वधार मन्त्री बनेका श्रेष्ठलाई प्रधान मन्त्री पुष्पकमल दहालले पछिल्लो पटक सुक्रवार एक महिना नपुग्दै उन्ले केही राम्राकाम अगाडी सारेकाछन्।मन्त्रीपरिषद पूनर्गठनको क्रममा गृहमन्त्रालयको जिम्मा दिएका हुँन्। अहिले उन्ले गृहमन्त्रीको जिम्मालिए पछि सुराकीको नाममा मन्त्री र सचिवले खर्चगर्ने प्रचलनलाई खारेजगर्ने र मिटर ब्याज समस्यलाई समाधान गर्ने सर्वाधिकार समपन्न आयोग गठनको प्रस्तावपनि मन्त्रिपरिषदमा लैजाने निर्णयगरेकाछन्।

त्यसपछि अहिले गृहमन्त्रालयले भ्रष्टचारीको फाइल खोल्दै आएको छ।यसैद्वौरानमा बैसाख२७गते पूर्व गृहमन्त्री एवम नेपाली कांग्रेसका नेता बालकृष्णा खाँण्ड पक्राउ परेकाछन्।नक्कली भुटानी सरणयार्थी प्रकरणमा नाम जोडिएपछि खाँण्डलाई प्रहरिले बुधवारको बिहानै आफ्नै निवसबाट पक्राउगरेको नेपाल प्रहरी प्रवक्ता प्रहरीनायव महानिरक्षक कुवेर कड्यातले जानकारीदिएका छन्।
आफु गृहमन्त्री हुँदा खाँण्डले रोजेका तत्कालिन गृहसचिव टेकनारायण पाण्डे ले उन्को नामलिएकाले उनि तानिएको बताइन्छ।अहिले टेकनारयण पाण्डे सहित दशजना उक्त काण्डमा पक्रिएकाछन्।खाँण्डलाई भने थप अनुसन्धानका लागी आरोपिहरूको बयानका आधारमा हिरासतमा लिएको बताइन्छ।
तर अँझै सम्मपनि टोपबहादुर र उन्काछोराले प्रहरिलाई छल्न सफल भएकाछन्।
अहिले गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरेको काम काविलेतारिफ छ।तर उन्लाई प्रधानमन्त्री पुष्पकमल दहालले कहिले सम्य यो भ्रष्टचारको फाइललाई खोल्ने छुट दिन्छन्। त्यही अनुपातमा उन्को कार्य जारिरहन सक्नेछ।
अहिले ८०५जना नेपालीलाई भुटानी सरणयार्थी बनाएर अमेरिका उडाउँन खोजिएकाहरूको जाल तन्किंदैछ।यो जाल कत्नसम्म पुग्छ त्यही अनुपातमा पनि गृहमन्त्रीको स्वतन्त्रताको आयु लामू छोटो हुनेकुरा निश्चित छ।यसका ठुला-ठुला मगरमच्छहरू अंझैपनि हातलागेका छैनन्।मात्र खाँण्ड एकजना टेकनारायण पाण्डेले लिएको नामका आधारमा पक्रिएका हुँन्।उन्लाई अहिलेपनि सोधपुच्छ र अनुसन्धानको आधारमा भनेर हिरासतमा राखेकाछन्।
आरूजू देउवा र मञ्जु,टोप बहादुर उन्काछोरा रामबहादुरका छोरा आदि थुप्रै गुमनाम देखिन्छन्।अहिलेपनि स्वतन्त्ररूपमा छानविन प्रकृया अगाडी बढ्ला भन्नेमा त्यती बिस्वासिलो आधार देखिदैंन।पूर्व मन्त्री टोपबहादुरले भने छिमकमा सरणलिन पुगेकाछन्।खुला सिमानको धेरै अपराधी र भ्रष्टचारीहरूले फाइदा वेलाबखतमा उठाई नै रहन्छन्।यिनी त पूर्व मन्त्री र लामू समयसम्म भारतमा बसेका मध्यका हुँन।
पूर्व गृहमन्त्रि रवीलामिछानेले राखेको एउटा सर्त थियो।मलाई गृहमन्त्रालय दिएपछि मेरोकाममा प्रधानमन्त्रिले हश्तक्षेप गर्न माल्नेछैन्।यो उन्ले राखेको प्रस्ताव कत्तिको सम्वैधानाक थियो वा थिएन त्यो छुट्टै छलफलको बिषय हो।
तर उन्लाई “रवीलामिछानेलाई”भ्रष्टचारिको फाइल खोल्दा प्रधानमन्त्रीको हस्तक्षेप हुँनसक्ने बारे प्रष्टैथियो।उन्ले गरेको आसङ्का गलत थिएन भन्नेकुरा यि सरकारमा बसेका ठुलठुला नेताहरूको सलङ्गताले पुष्टिगरेको छ।
रामकाजी श्रेष्ठपनि निडर सहासी व्यक्तित्व मध्यका हुँन।उनि सानैदेखी बिद्रोही स्वभाबका लडाकु हुँन्।सितिमिती कसैले दवाउँन नसक्ने जुझारू व्यक्ताको रूपमा उन्लाई चित्रण गर्नसकिन्छ।
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ १८वर्षको भूमिगत जिवनको भोगाई र जेल सजायको अनुभव पनि छ।गोरखाको जौ बारीमा जन्मिएका र हुर्किएका नारायणकाजी श्रेष्ठले आफ्नै गाउँमा पन्द्र वर्षको उमेराम एस एलसी पासगरेका थिए।उनि २०६५मा सार्वजनिक भएका हुँन,काठमाण्डौको वालाजु स्थित शिद्धार्थ बनस्थलीको पूर्व शिक्षक पनि हुँन।केही समय उन्ले हेल्थपोष्टमा पनि कामगरेका थिए भन्निन्छ।उनि सँग राजनीतिक ज्ञानसँगै पत्रकारिताको पनि अनुभव छ।उन्ले मुल्यङ्कन र गर्जन पत्रिकाको सम्पादन गरेका थिए।एकता केन्त्र मससालका सह माहामन्त्री समेत रहेका श्रेष्ठ आफ्नो गुटलाई आफ्नो मुठ्ठिमा राख्नसक्ने क्षामतावान पनिहुँन्।
अहिले उनि प्रचण्डको दायाँ हातको रूपमा अगाडी आएकाछन्।त्यसकारण उन्ले जति निश्पक्ष काम गर्छु भनेपनि प्रचण्डका आसेपासेलाई छोप्न सक्ने कुरैछैन्।अभियान शुरू गराएर छिमेकमा पठाएउँने वा भुमिगत हुँन इसारागर्ने कामपनि नहोला भन्न सकिदैन।तर अहिले यसो हेर्दा यसपालीको कार्यकालको सुरूवातमा गरेको काम राम्रै देखिन्छ।देश र जनताको पक्षमा भएका
कामलाई हामिले सकारत्मक रूपमा लिनुपर्छ।साथै यसको ओटमा हुनसक्ने केही राष्टघाती कृयाकलापलाई पनि अनदेखी गर्नुहुँदैन।

