सुरेश कुमारका केही उत्कृष्ठ गजलहरु

भन्छन् डिभी पर्दा मेरो छोरा भाग्यमानी भयो,
घिर्ण लाग्दो सधैभरी नेपालीको कहानी भयो।
उम्किन्छन् भ्रष्टाचारी र हुन्छ न्यायको उपहास,
यो देशमा भ्रष्ट नेता उस्तै जनता नादानी भयो।
ठुला ठुला जेल बनाए अपराधीका लागी भन्दै,
सजाए गरिबलाई मात्र नै अपराधी ठानी भयो।
रातो बाकसमा देश भित्रिन्छन् गरिब युवा हरू,
किस्मत खोटो भनिन्छ यस्तो जानीजानी भयो।
देशको त कुना कुनामा भ्रष्टाचार संसदमा पनि,
अपराधी लुक्ने ओडार आज राजधानी भयो।
खुसि मनाएका हुन्छन् शहीदका रगतमा समेत,
त्यही देखेर मनमा ज्वाला आँखामा पानी भयो।

 

॥१॥

नालायक बने मन्त्री देश लुटी खाए,
आलोपालो सधै आपस्मै जुटी खाए।
मानव तस्कर यिनै शुन तस्कर इनी,
गृहमन्त्रीले आफ्नो देश भुटी खाए।
नियम कानून बनाउँनेको चर्तिकला,
जनतालाई यिनैले कुटी- कुटी खाए।
देशको सिखरमा चडेर खरानी पार्दा,
लाज लागेन भ्रष्टको मूल फुटी खाए।
कयौँले देशको लागी पराण त्याग्दा,
धेरैजसो मन्त्री कुनैले नछुटी खाए।
संसदभित्र जाल फैलाई भ्रष्टाचारको,
इनैले नयाँ नयाँ सञ्जाल खुटी खाए।

 

॥२॥

 

बिरानो जस्तै आज आफ्नै गाउँ सहर भयो,
सुकाए खोला देशकै बिकाउ यो बगर भयो।
कसैले भ्रष्टाचारमा अकुत धन जमाएको छ,
मानव तस्कर बनेपछि मोज गर्ने डलर भयो।
बनाए घर घरमा राजनीति सधै अचानो देश,
हिंजोआज राजनीतिनै झन झन गदर भयो।
लडेका छ जनता सदियौं देखी मरेकै हुन्छन्,
सुन्दैनन् शाशक जनआवाजनै वेअसर भयो।
जस्ले गुमायो आफ्नो हिया छियाछिया पारी,
सदैभरी उपहासको श्रोत बने उनै वेघर भयो।
भ्रष्टाचारीलाई त जेलपनि ससुराल जस्तै हुने,
सर्वसाधारणलाई मात्र यो कानूनकै डर भयो।

॥३॥

 

खेलाडीलाई हत्कडी लगाइन्छ विना कसुर देशमा,
नेतालाई त सबुत मेटाउँने हुन्छ छुट भरपुर देशमा।
निल्छन खोसेर पोलिसको हातबाट सबुत चपाउँदै,
कानून् भयो अपराधीकै हातबाट चक्नाचुर देशमा।
बिकश हुँदैन तमाशा हुन्छन् खेल चोर र पोलिसको,
दलाली गर्छन् नेताहरू बन्छन इनी कोहिनूर देशमा।
नागरिक कुट्छ बिदेशी आएर छातिमा खेल्छ परेड,
युवा छैनन् देशभित्र यिनैको राज भरमङदुर देशमा।
गरिबलाई मात्र लाग्छ नियम कानुन् धनीको स्वर्गहो,
नेर्दोशलाई बनेको हो जेल दोशी हुन्छन् फुर देशमा।

 

॥४॥

 

चोर्दैन गरिबले पापलाग्छ भनी जिवनभरी साथी,
देश भित्रको एउटा सिन्को समेत कसैगरी साथी।
हेरौँ त जन प्रतिनिधीको चर्तिकला देशमा आज,
देशलाई खरानी पार्यो सधै गर्यो मनपरी साथी।
हाम्रो देशका नेताले भ्रष्टाचार बाहेक केही गरेनन्,
जनताकै चिल्लि बिल्लि छ रून्छन् धरधरी साथी।
खुल्छ भ्रष्टाचारको फाइल हेरौं टुङ्गिन्छ काहाँ गई,
गर्न छाड्दैनन् बद्मासी नेताहरूले खरखरी साथी।
हिन्दिमा कहावत छ हमाम मा सबै नाङ्गा हुन्छन्,
अन्यायगर्ने सहने दुबै दोशी हुन्छन् बराबरी साथी।
पर्दैन समया पानी मिल्दैन मल बिउ किसान लाई,
देशमा त हुन्छ अनिकाल भ्रष्टाचारको झरी साथी।
सुरेशकुमार पाण्डे

Loading...