प्रदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्राको विनिमयदर

काठमाडौँ: नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

 

आज डलरको खरिद दर १३२ रूपैयाँ २३ पैसा र बिक्री दर १३२ रूपैयाँ ८३ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ १० पैसा र बिक्री दर १४३ रूपैयाँ ७५ पैसा रहेको छ।

 

बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ ६१ पैसा र बिक्री दर १६५ रूपैयाँ ३६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३० पैसा र बिक्री दर ३६ रूपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Loading...