नेपाली बजारमा ह्वात्तै घट्यो सुनको मूल्य ! तोलामै घटयो ८०० रुपैयाँ, कतिमा हुँदै छ त कारोबार ? जानकारी लिनुहोस्

काठमाडौँ: नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले हिजो सोमबारको तुलनामा सुनको मूल्य घटेको जनाएको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार २०० र तेजाबी सुनको मूल्य १ लाख ८ हजार ७०० रुपैयाँ कायम छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार र तेजाबी सुनको मूल्य १ लाख ९ हजार ५०० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । महासंघले आज तोलामा १० रुपैयाँले घटेर चाँदीको मूल्य तोलामा १३ सय ६५ रुपैयाँ कायम भएको जनाएको छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ कायम छ ।

Loading...