प्रदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्राको विनिमयदर
काठमाडौँ: नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।


आज डलरको खरिद दर १३२ रूपैयाँ १९ पैसा र बिक्री दर १३२ रूपैयाँ ७९ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ४६ पैसा र बिक्री दर १४३ रूपैयाँ २१ पैसा रहेको छ।




बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ७२ पैसा र बिक्री दर १६४ रूपैयाँ ४७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३१ पैसा र बिक्री दर ३६ रूपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।



