कैलालीको धनगढीमा सुदूरपश्चिम स्पोर्टस अवार्ड असार ८ देखि हुने

धनगढी: चौथो संस्करणको सुदूरपश्चिम स्पोर्टस अवार्ड अगामी असार ८ गते हुने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा हरेक वर्ष हुँदै आएको अवार्ड असार ८ गते हुने आयोजकले जानकारी दिएको छ ।

आयोजकले बुधबार नै धनगढीमा पत्रकार सम्मेलन गर्दै चौथो संस्करणको सुदूरपश्चिम स्पोर्टस अवार्डको मिति पनि घोषणा गरेको हो । मञ्चका अध्यक्ष प्रदीप पाठकले चौथो सुदूरपश्चिम स्पोर्टस अवार्डको तयारी थालिएको जानकारी दिए ।

May be an image of 12 people, people studying and table

गत वर्षको वैशाखदेखि चैत मसान्तसम्म सुदूरपश्चिम प्रदेशका खेलाडीहरुले गरेको प्रदर्शनको आधारमा विभिन्न ८ वटा विधामा अवार्ड वितरण गरिने पाठकले बताए । वर्षको उत्कृष्ट खेलाडी पुरुष र महिला, वर्षको उत्कृष्ट प्रशिक्षक, वर्षको युवा खेलाडी, सुदूरपश्चिम आईकन पुरुष तथा महिला, लाइफटाइम अचिभमेन्ट अवार्ड र स्पेशल अवार्ड वितरण गरिनेछ ।

May be an image of 7 people, people studying, speaker and text

अध्यक्ष पाठकका अनुसार लाइफटाइम अचिभमेन्ट अवार्ड र स्पेशल अवार्डको घोषणा कार्यक्रमकै दिन गरिनेछ भने अन्य ६ वटा विधामा तीन तीन जनाको मनोनयन सार्वजनिक गरी कार्यक्रम हुने दिन विजेताको घोषणा गरिनेछ ।

अवार्ड कार्यक्रमभन्दा अघि क्रमशः मनोनयनमा परेकाहरुको नाम सार्वजनिक गरिने मञ्चका महासचिव हरि जोशीले जानकारी दिए । वर्षको उत्कृष्ट खेलाडी पुरुष र महिलाले नगद ३५ हजारसहित ट्रफी प्राप्त गर्नेछन्। सुदूरपश्चिम आइकन पुरुष तथा महिलाको विजेताले नगद २० हजारसहित ट्रफी प्राप्त गर्नेछन् ।

May be an image of 4 people, newsroom, dais and text that says 'NEPAL SPORTS JOURNALISTS FORUM (NSJF) KAILALI PRESENTS Dh SUDURPASCHIM SPORTS AWARD 2079 PRESS EET'

वर्षको प्रशिक्षकले ३० हजार नगद प्राप्त गर्दा लाइफटाइम एचिभमेन्ट अवार्ड, स्पेशल अवार्ड र वर्षको युवा खेलाडीले नगद २५ हजारसहित ट्रफी प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेशमा खेलकुद तथा खेलाडीहरुका लागि विभिन्न काम गर्दै आएको नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले पछिल्ला तीन वर्षदेखि सुदूरपश्चिम स्पोर्टस अवार्ड आयोजना गर्दै आएको छ ।

Loading...