सर त लास्टै ह्यान्सम है !
अफिसको कामले फुर्सद खासै कमै हुन्थ्यो ।
मेरो काम पब्लिक कन्ट्याक कमै हुने खालको थियो ।


अफिसको गेट बाट भित्र छिर्ने मुल बाटोको छेउमै रहेको मेरो कोठाबाट टाउको उठाएर मात्रै मान्छेहरूलाई हेर्न सकिन्थ्यो । तर बाहिर बाट सेवाग्राहीले भने मलाई सहजै देख्न सक्थे । कामको चाप नभएका बेला यसो टाउको उठाएरै भए पनि सेवाग्राहीलाई हेर्ने उत्सुकता प्रकट हुन्थ्यो र यसो हेरिन्थ्यो । कामका आएका सबै सेवाग्राही आफ्नै कामको चापले हतारिएका हुन्थे । कोही कोही भने बाहिर यसो फोन गर्दै घुमिरहेको निउ पार्दै मलाई हेर्ने प्रयाश गरि रहन्थे । मलाई सेवाग्राहीले म माथी आखा दौडाईरहेको बुझ्न कुनै गाह्रो पर्थेन । कसैले मलाई धेरै पल्ट हेर्न खोजेको पनि मैले सहजै चाल पाईहाल्थे ।




त्यसरी हेर्नेहरूलाई मैले पनि यसो टाउको उठाएर हेरिदिन्थे र हाम्रो आखा एक अर्कामा जुध्न सहज हुन्थ्यो । यसरी मलाई हेर्न खोज्नेमा सबै उमेर समुहका मान्छे पर्दथे । यसरी आखा जुधाएर पनि धित नमरी फेरी वरिपरी घुम्ने बहानामा मलाई हेर्न खोज्नेहरूलाई मैले ” कृपया भित्रै आउनु न! “
भन्दै बोलाउने गर्थे । ती मध्ये कतिपयले भित्र आएर हाम्रो अफिसको सेवाका बारेमा गुनासो गर्ने बहानामा गफगाफ गर्न खोज्थे । कतिपय साच्चै समस्या मै परेर सहयोगका लागि याचना गर्दै आउने हुन्थे । कतिपय भने आफ्ना व्यक्तिगत समस्या र जीवन बारेका कुरा सेयर गर्न मात्रै पनि आउथे । यसरी म कामले थकित भएको समयमा सेवाग्राहीका यस्ता कुराहरूले मलाई केहि नया कुरा थाहा पाउन सजिलो हुन्थ्यो भने माईन्ड फ्रेस गर्न पनि सहज हुन्थ्यो ।


चैत्र महिनाको दोस्रो हप्ता चलिरहेको थियो । अफिसमा सेवाग्राहीको चहलपहल अलि बढि नै थियो । तर मैसम भने पुरै बिग्रेको अवस्था थियो । पानी पर्ला पर्ला जस्तै भएको थियो । आकाश घुम्म परेको थियो । एउटा सेवाग्राही मेरो कार्यकक्षमा तर्फ आउनु भयो । दुबैहात जोड्दै “नमस्कार सर ” भन्दै अभिवादन गर्नु भयो । मैले उहाँको अभिवादन फर्काउँदै “नमस्कार ” , “के छ तपाईको खबर सन्चै हुनुहुन्छ ?” भन्दै प्रश्न गरे । मैले नजिकै मेरो अगाडी पट्टिको कुर्ची देखाउदै ” बस्नुहोस न ! के कति कामले पाल्नु भएको थियो ? ” भन्दै फेरी थपे ।
उहाँले “सर म सन्चै छु । मेरो बहिनीको एउटा मुद्दाको बारेमा बुझ्नुपर्ने थियो । त्यसका लागि तीन चार दिन देखि धाईरहेकी छु । मिलापत्र हुने कुरा पनि छ । केहि पैसामा कुरो मिलेको छैन” भन्दै जवाफ फर्काईन ।
मैले उहाँको जवाफ सुने पछि काम गरिरहेको फाईल छोड्दै आफ्नो नजर एकपल्ट उहाँ माथी दौडाए । अग्ली , पातली , गोरी , फिक्का रातो कपाल बनाएकी उहाँ निकै आकर्षक महिला हुनुहुन्थ्यो । मैले सरसर्ती उहाँ माथी नजर दौडाएको उहाँले सहजै थाहा पाउनु भयो । मैले फेरी ” चिया कफि के लिनुहुन्छ ?” भन्दै प्रश्न गरे । ” सर म भर्खर खाजा खाएर आएको म केहि लिन्न । हजुरलाई धन्यवाद छ । “

“लौ न ब्यल्याक कफि खाउ भन्दै ” मैले जिद्दी गरे । उनले मुन्टो हल्लाउदै सहमती जनाईन । उनको त्यो भद्र सहमती भित्रको मन्द मुस्कानले मलाई अझै उनि प्रतिको श्रद्दा जागेर आयो । मैले नजिकैको निरुताको पसलमा फोन गरेर कफिको अर्डर गरे । निरुताले दश मिनेट जति लाग्छ भनेकोले त्यो दश मिनेट मैले ती मेरो कार्यकक्षमा छिरेकी सेवाग्राही सँगै गफ गरेर बिताउनु पर्ने थियो ।
“सर तपाई म्यारिड कि अनम्यारिड ” भन्दै उनले म तर्फ प्रश्न गरिन । मैले “के भन्नु भयो । दोहोर्याएर भन्नु न “भन्दै जवाफ फर्काए ।
मलाई उनको त्यो प्रश्न उनको मुख बाट फेरी सुन्न मन लाग्यो ।
“तपाईको म्याडम कता हुनुहुन्छ नी” भन्दै प्रश्न मोड्दै घुमाउरो भाषामा मेरो व्यक्तिगत सुचना लिन खोजिरहेकी थिईन ।
मैले मेरो श्रीमती गाउँमै रहेको देखि सबै व्यक्तिगत विवरण उनलाई सहजै जानकारी गराए ।
निरुताले पत्रिकाले छोपेर दुईवटा सेतो कपमा कफि ल्याएकी थिईन । चिया बोकेको ट्रे मेरो टेवुलको छेउमा बिसाउदै “सर यो हजुरलाई चिनी नराखेको लिनुहोस ” भन्दै मलाई एउटा कप दिइन । मैले “उहाँलाई दिनु होस न ” भन्दै ती सेवाग्राही तर्फ ईशारा गरे । निरूताले हामी दुवैलाई कफि पिलाएर बाहिर गईन । एकछिन हामी मौन नै भएर कफि पिउदै गर्यौ । उनी फ्याट्ट बोलिन “सर सिसिटिभी छ कि नाई ” भन्दै प्रश्न गरिन ।
मैले “यो रूममा मात्रै छैन । अरू रूममा छ “भन्दै जवाफ मात्र फर्काएको थिए । उनि एक्कासी ” सर त लास्टै ह्यान्सम हुनुहुन्छ। किस गर्दिउ सरलाई” भन्दै कफिमा भन्दा मेरो अनुहारमा आखा दौडाउन थालिन ।
उनको अनुहारको रङ्ग नै फरक भई सकेको थियो । माहौल निकै फरक भएको थियो । उनको हाउभाउले मलाई नै असहजता बनाउन थालेको थियो । म उनको भनाई प्रति नाजवाफ रहे । केहि बोलिन । आफ्नो ध्यान पुरै कफिको स्वाद तर्फ केन्द्रित गरे । उनको कुरो नसुनेको जस्तै बहाना गरे । बरू उनलाई “कफि मिठो छ है” भन्दै फरक प्रसङ्ग तर्फ मोड्न खोजे । उनले मेरो कुरा तर्फ कुनै ध्यान नै दिईनन। त्यतिकैमा उनले “बाहुन क्षेत्रीहरूको त मुटु नै हुदैन । आट हुनुपर्यो नी आट ! बेलामै हो आट्ने ” भन्दै बर्बराउन थालिन । उनको त्यो जवाफले मैले उनि बाहुन क्षेत्री भन्दा बाहिरको समुदाय बाट थिईन भन्ने सहजै अनुमान लगाए । तर पहिला मैले कुनै मतलब राखेको पनि थिईन । उनको त्यो भनाईले मलाई अझै सोचमग्न बनायो । उनि पहिलो पल्ट मेरो कोठामा छिरेकी सेवाग्राहीले मलाई सिधै त्यस्तो प्रस्ताव राख्दा म आश्चर्यचकित भए। उनको त्यो आटलाई मैले भित्रैबाट स्यालुट गरे । तर उनको उक्त कुरामा सहमती जनाउन सक्ने अवस्थामा थिईन । म राज्यले दिएको पदिय जिम्मेवारीमा रहि क्षणिक आवेगमा आई पदिय मर्यादा बिर्सिन सक्ने अवस्थामा थिएन ।
यत्तिकैमा मैले मेरो कफि सिध्याएर कफ भुईमा राखे । एकछिन पछि उनले पनि आफ्नो कफ भुईँमा राख्दै पुन म तर्फ आखा दौडाउँदै ” सर मैले गल्ति बोलेको भए माफ गर्दनु । मलाई एक्कासी के भयो । थाहै पाएन । तपाई प्रति अटोमेटिक आकर्षण बढ्यो । तपाईमा के छ खै त्यस्तो” भन्दै जिब्रो आफ्नै ओठतर्फ बटार्न थालिन ।
लिपस्टिले लपक्कै टालिएका उनका ओठमा दौडिरहेको जिब्रोले मेरो ध्यान अझै उनि तर्फ तान्न मद्दत गर्यो । म पुरै उनि माथी ध्यानमग्न हुन पुगे । एकछिन उनको शिर देखि पाउ सम्म आखा दौडाए । उनको सुन्दरताले मलाई अझै उनी माथी नै भुलाउन बल पुर्यायो । त्यतिकैमा हाकिमको कोठाबाट घण्टि बजेको आवाज आयो । हाकिम सापको पिए सर्मिला आएर मलाई हाकिमले बोलाएको भन्दै बोलाईन ।
घडिमा हेरेको दुई बजेर पन्ध्र मिनेट कटिसकेको रहेछ । जिल्लाका सबै स्थानीय तहहरू संग दुईबजे मिटिङ राखिएको थियो ।
मिटिङको कुरा त म पुरै बिर्सिएछु । हाकिमले मलाई डाकेको कुरा मैले सहजै मिटिङ नै भन्ने अनुमान लगाए । हतार हतार मिटिङको फाईल निकाले । अनि उनलाई “आज मेरो मिटिङ शुरू हुन लागेकोले छुट्टिनुपर्ने भयो । अर्को दिन भेटौला हवस” भन्दै आफ्नो कार्यकक्ष बाट विदा गरे ।
लेखकः- अभिनव

