राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलेले सामाजिक संन्जालमा लेखे ‘घण्टीलाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्छ’

काठमाडौं: आफूविरुद्ध पटक पटक मुद्दा हालेर दिक्क मात्र बनाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक संजालमार्फत आक्रोश पोखेका छन् । उनले आफूविरुद्ध मुद्दा हाल्नेले नियोजित रुपमै हैरानी दिन खोजेको आरोप लगाउँदै भनेका छन् ‘मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ।’

उनीविरुद्ध केही समयअघि युवराज पौडेल सफलले मुद्दा हालेका थिए । पहिले सर्वोच्च अदालत प्रशासनले दरपिठ गरिदिएको यो मुद्दा अहिले भने न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले दर्ता गर्न आदेश दिएपछि दर्ता भएको छ । यो रिटमाथि आगामी जेठ १७ मा सुनुवाइ हुँदैछ । लामिछानेले यसप्रति कटाक्ष गर्दै सामाजिक संजालमा आक्रोश पोखेका हुन् ।

लामिछानेले अगाडि लेखेका छन् ‘सर्वोच्च अदालतको मिती २०७९/१०/१३ को फैसलाको प्रकरण नं. २२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य कन्फर्म गरेको छ। अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरी नेपाली नागरिकता पुन कायम गराएको छु ।’

‘अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२/०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएँ । टेलिभिजनबाट घोक्रो सुक्ने गरी सप्रमाण बोलीसकेको थिएँ ।’

Loading...