प्रमुख जिल्ल्ला अधिकारी पाण्डेको छड्के अनुगमनले बझाङमा छोटो दुरीको भाडा घट्यो
बझाङमा छोटो दुरीमा चल्ने जीपको भाडा दर तोकिएको छ । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे सहित को टोलिले केहि दिन अगाढि छड्रके अनुगमन गर्दा साना सबारी धनीले मन परि भाडा लगेको पाइए पछि प्रजिअ पाण्डेले जिप चालकलाइ अनिबार्य जिपमा भाडादर टाँस गर्न र तोकेकै भाडा लिन निर्देशन दिनुभएको थियो ।


२०७९ साल असोज १४ गते सर्बदलिय बैठक बसि तोकिएको भाडादरलाइ प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले लागु गर्न निर्देशन दिएपछि उक्त भाडादर कार्यान्वयनमा ल्याइएको हो । उक्त बैठकमा पक्कि सडक खण्डमा ९ रुपैया र कञ्चि सडक खण्डमा २० रुपैया तोकिएको थियो ।




बैठकल यात्रुवाहक सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु बोक्न नापाइने निणर्य गरिएको छ । ताकिएको भाडादर अनुसार चैनपुर देखि मेल्लेख सम्म ३ सय ६०,सुबेडा सम्म ६३ रुपैया, तमैल सम १ सय ८, मालुमेला १ सय ३५,बगडगाउ १ सय ५३, भाँडे सम्मको २ सय ७, झनाना २ सय २५,झोता सम्म २ सय ८८, रायल ३ सय ६०, देउरा सम्मको ३ सय ९३ रुपैया तोकिएको छ । यस्तै ैन्पुर देखि बागथला सम्मको ४ सय ३२ रुपैया, धरान बजार सम्म्को ४ सय ६८ ,सुनकुडा सम्मको ४ सय ९५, देउलेख सम्मको ५ सय ५८, यस्तै मेल्लेख देखि भाडे सम्मको ४ सय ४० रुपैया तोकिएको छ ।


यस्तै चैनपुर देखि सेलागाउ सम्मको ६० रुपैया तोकिएको छ भने पावर हाउस सम्मको १ सय २०,दोगडि सम्म १ सय ४०,धनधारा सम्मको २ सय ६० , दौलिचौर सम्म ३ सय २० र सुर्मा सम्मको ४ सय ४० रुपैया ,चैनपुर धामी गाउको भाडादर १ सय २०, बित्थडचिर देखि बुङगल सम्म २ सय ४०, मौरीबगर देखि चौधारी १ सय ६० रुपैया भाडादर तोकिएको छ ।
यस्तै चैनपुर भोपुर सम्म ४० ,सुनिगाड सम्म १ सय ,धोना सम्म २ सय २०, रुपातोला ३ सय ८०,तल्केोट सम्म ४ सय ६०, स्याडा ५ सय ६० र चैनपुर सुनिकोट सम्मको १ सय ४० रुपैया भाडा कायम गरएिको जिल्ला टा्रफिक कार्यालय बझाङले जनाएको छ । तोकिएको भाडा भन्दा बढि भाडा नतिर्न र सबारी चालकहरुले बढि भाडा लिएको खण्डमा जिलला प्रशासन कार्यालय र टा्रफिक प्रहरी कार्यालयमा खबर गर्न अनुरोध गरीएको छ ।


