कैलाली घर बताउने कृष्ण मल्ल नुवाकोटमा वेवारिसे अवस्थामा, आफन्तसम्म पुर्याउन सहयोगका लागि अपिल

अत्तरियाः कैलालीको लम्की घर बताउने कृष्ण मल्ल नुवाकोटमा वेवारिसे अवस्थामा फेला परेका छन । कैलालीको लम्की घर बताउने कृष्ण मल्ल नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर बालकुमारी निङ्गालेमा बेवारिसे अवस्थामा फेला परेका छन।

 

आज दिउँसो सोही ठाउँ निवासी सुन्दर अधिकारी नाम गरेका ब्यक्तिले आफ्नो फेसबुकमा मल्ल फेला परेको भनि पोस्ट गरेका थिए । मल्ल संग गरिएको सम्वाद सहि अधिकारीले आफ्नो फेसवुकबाट मल्लको घरपरिवार तथा आफन्तलाई खबर पुर्याईदिन अनुरोध गर्दै पोस्ट गरेका थिए ।

अधिकारीले निज मल्लका आफन्त र परिवारलाई सम्पर्क गर्न सजिलोका लागि आफ्नो सम्पर्क नम्बर 9843046677 समेत दिएका छन । अधिकारीले मल्ल संग गरिएको संवादको अंश हेर्दा मल्लको मानसिक असन्तुलन बिग्रेको देखिन्छ ।

 

 

नुवाकोट जिल्ला दुप्चेश्वर गा पा,वडा न -५ बालकुमारी निङगालेमा कृष्ण मल्ल नाम बताउने, घर कहिले कैलाली, कहिले धनगढी बताउने यसो हेर्दा मानसिक अबस्था अलि ठिक नभएको जस्तो देखिने ब्यक्ती फेला पर्नु भएकोले सम्बन्धित आफन्त सम्म पुर्याइदिन सहयोग गरिदिनुहुन बिनम्र अनुरोध गर्दछु ।

 

वेवारिसे अबस्थामा रहेका ब्यक्तीलाई सहयोग गर्न चाहानुहुन्छ भने सामाजिक संन्जालमा पोष्ट गरेका सुन्दर अधिकारी को मोबाईल नम्बर 9843046677 मा फोन गरी बुझ्न सकिने छ ।

अधिकारीले मल्ल संग गरेको कुराकानीको भिडियो :

 

Loading...