धनगढीमा प्रथम खुल्ला टिकटक प्रतियोगिता हुँदै
धनगढीः धनगढीमा प्रथम खुल्ला टिकटक प्रतियोगिता हुने भएको छ । धनगढीस्थित शुभश्री प्यालेसले यही जेठ १२ गतेदेखि २७ गतेसम्म प्रथम खुल्ला टिकटक प्रतियोगिता गर्ने भएको हो । बिहीवार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता आयोजना गर्नेबारे जानकारी दिएको छ ।


१६ दिनसम्म चल्ने प्रतियोगितामा प्रथम पुरस्कार १५ हजार, द्धितीय पुरस्कार १० हजार र तृतीय पुरस्कार सात हजार रहेको कार्यक्रमका संयोजक भरतबिक्रम शाहले जानकारी दिनु भयो । प्रतियोगितामा आकर्षक उपहारको समेत व्यवस्था गरेको उनले बताए ।




प्रतियोगिताका टप ५ लाई सुइमिङको प्याकेज, टप ३ लाई निर्सग अस्पतालद्वारा होलबडी चेकअप, टप २ लाई एसटीएस सिनेमाबाट २ वटा टिकट र बालाजी इलेक्ट्रोनिक्सबाट गिफ्ट हेम्परको व्यवस्था गरिएको छ ।


यसमा सहभागी हुनेले हरेक टिकटकरहरुले शुभश्रीको प्रचार–प्रसार झल्किने गरी कन्टेन्ट बनाउनुपर्ने छ । टिकटकमा आफैले बोलेको कन्टेन्ट बनाउनु पर्नेछ । शुभश्रीको सुइमिङ पुलको पानीमा बनाएको भिडियो हुनुपर्ने छ ।
कोरोना पछि व्यापार व्यवसाय धरासय भएको हुँदा यसलाई मध्य नजर गर्दै यस प्रतियोगिताको आयोजना गरिएको शुभश्री प्यालेसका सञ्चालक कविन्द्र पन्तले बताए । यस प्रतियोगितालाई आगामी वर्षपनि निरन्तरता दिन उनले बताए ।


