सुरेश कुमारका केही उत्कृष्ठ गजलहरु
सर्वहाराको गीतले साहुकार भएकाछन्,


उनैमध्य आज देशलाई भार भएकाछन्।




पसिना दिएर दया मायाँ गर्नेहरू आफ्नो,


सर्वस्व गुमाए अनि नाङ्गेझार भएकाछन्।
सुःखछैन बर्णगर्न यी दुई आँखाको कथा,

जस्को भरगर्यौँ उनि नै गद्धार भएकाछन्।
जस्लाई हिंजो चन्दा काटी उपचार गरायौं,
उनै देशको पराण लिन तैयार भएकाछन्।
फलाम कुटिकुटी हामिले हथियार बनायौं,
उनै हाम्रो गर्धन काट्ने औजार भएकाछन्।
नेताहरूलाई दोश दिएर नपन्छिनु है आफु,
हाम्रोभोट नै मान्छे बेच्ने आधार भएकाछन्।
॥१॥
क्रान्तिकारीलाई, क्रान्तिको इन्तिजार हुन्छ,
आफ्नो बर्गसँग सधै,आफैलाई प्यार हुन्छ।
गल्दैन कहिल्यै पनि बिचार,ढल्दैन आस्था,
व्यबहारमा समेत उस्को,सधै निखार हुन्छ।
जल्दैन आगोमा कत्ती,ज्वाला लिएर हिंड्ने,
जुनसुकै अबस्थामापनि, त्यो बर्करार हुन्छ।
सुख सुबिधा खोज्दैन उस्ले,जो क्रान्तिकारी,
बर्ग मित्र अनी,देशको समेत बफादार हुन्छ।
बानेर टाउकोमा कात्रो,लेफराइटकै चालमा,
मर्ने ज्युँने त,क्रान्तिकै आश र आधार हुन्छ।
गुमाउँनका लागी,एउटा जिन्दगीहो आफ्नो,
जित्नको लागी सधै यो सारा सन्सार हुन्छ।
॥२॥
आस गरेनौं पहिले दाल नै कालो थियो,
देशभित्र जताततै अंध्यारो जालो थियो।
लुटेराहरूको बिगबिगी न भएको होइन,
कुनै राणाको कुनै पञ्चेको सालो थियो।
जनताले रगत बगाए सपुतले दियोे बली,
गणतन्त्रमा झनै बिदेशकै गोठालो थियो।
नेता लोभमा डुब्यो पद प्रतिष्ठा र धनमा,
हत्थकडी बिदेशीकै शुनको बालो थियो।
भनथ्यो जसको जोत उसैको पोत हुँनेछ,
त्योपनि खोस्यो जो हलो कोदालो थियो।
हामि तानाशाहको बिरूद्धमै लड्यो सधै,
याहाँ त भ्रष्ट्राचारी कै आलो पालो थियो।
॥३॥

