नेपाली बजारमा आज पनि ह्वात्तै घट्यो सुनचाँदीको मूल्य ! आजका लागि कतिमा हुदै छ त कारोबार ? जानकारी लिनुहोस

शुक्रबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटेको छ। अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला एक हजार रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला पाँच सय रुपैयाँ घटेको हो।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख आठ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख आठ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।

 

त्यसैगरी, शुक्रबार पनि चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा किनबेच भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Loading...