जिप्रका डडेल्धुरामा बैशाख महिनाको उत्कृष्ट प्रहरी पुरुस्कार पाए सिगासका प्रहरी सहायक निरीक्षक उमेश धामीले
अत्तरियाः जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक उमेश कुमार धामी वैशाख महिनामा सर्वोत्कृष्ट प्रहरी घोषणा भएका छन । संगठनको निति निर्देशन बमोजिम दिईएको जिम्मेवारी तथा पदिय दायित्वलाई विभागीय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरेका हुन ।


सामाजिक अपराधको रुपमा रहेको लागुऔषधको ओसार पसार तथा विक्री वितरणमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिन विशेष योगदान पुर्याउनुका साथै समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाका बिभिन्न स्थानहरुमा जनचेतनामुलक कार्यक्रमहरु सञ्चालनमा महत्वपुर्ण भुमिका निर्वाह गरी आम नागरिकहरूमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले तालुक नेपाल प्रहरी बिशेष सुरक्षा गण महेन्द्रनगर कञ्चनपुर दरवन्दी भई यस कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक उमेश कुमार धामीलाई निजले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङ्कन गर्दै २०८० साल बैशाख “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।




बैतडीको सिगास गाउँपालिका वडा न. ५ घर भएका उमेश कुमार धामीले छोटो समयमै स्नातक शिक्षा सकाएर नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षकका लागि भिडेको ४ बर्षमै आफ्नो काम र कतब्य प्रति निष्ठा र ईमान्दारिता देखाएर देश र जनताका लागि अहोरात्र काम गर्दै आएका छन ।



