
धनगढी: सिकलसेल तथा थालासेमिया रोग निदान तथा पहिचान शिविर सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय धनगढीको आयोजना र स्थानीय तहसंगको समन्वयमा स्क्रिनिङ स्वस्थ्य शिविर सम्पन्न भएको हो ।

कैलालीको भजनी, जानकी, जोशिपुर, घोडाघोडी र बर्दगोरीयाका दुइ–दुइ स्थानमा गरी जम्मा १० ठाउँमा शिविर संचालन गरीएको जनाएको छ । थारु समुदायको बस्ती भएको क्षेत्रमा स्क्रिनिङ रगत परिक्षण गरेको हो । सुदूरपश्चिम प्रदेश सरकारको सिकलसेल कार्यक्रम प्राथमिकतामा रहेको छ । दश वटै स्थानमा गरिएकोमा करिब ४ हजार जना सेवाग्राहीहरुले सेवा लिएका हुन ।

१. भजनी नगरपालिका वडा नं. २ मा ८५ जना
२. भजनी नगरपालिका वडा नं. ८ मा ११६ जना
३. जानकी गाउँपालिका वडा नं. ६ मा ११४ जना
४. जानकी गाउँपालिका वडा नं. ९ मा ३० जना
५. जोशीपुर गाउँपालिका वडा नं. ३ मा ८२ जना

६. जोशीपुर गाउँपालिका वडा नं. ५ मा ९५ जना
७. बर्दगोरिया गाउँपालिका वडा नं. २ मा ७७ जना
८. घोडाघोडी नगरपालिका वडा नं. ७ मा २९ जना
९. घोडाघोडी नगरपालिका वडा नं. ३ मा ३७ जना
१०. बर्दगोरिया गाउँपालिका वडा नं. ६ मा ७६ जना
गरि जम्मा ७४१ जना को सिकलसेल संकास्पद बिरामीको रक्त नमुना परिक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परिक्षणका लागि पठाएको छ। सिकलसेल रोग व्यवस्थापनको लागी सरकारले निशुल्क उपचाको व्यवस्था गरिएको छ ।
उक्त परीक्षण पश्चात सिकलसेलका बिरामिहरुलाइ उचित परामर्श , बिबाह कुन्डली बारे विद्यालयमा छलफल गरी औषधि उपचार तथा जिविको पर्जनका लागि स्थानिय सरकार र प्रदेश सरकार बाट पहल गर्न आवश्यक छ ।
































