दार्चुलाको मार्मा गाउँपालिकाको प्रशासकीय अधिकृत माथी मध्यरातमा आक्रमणको प्रयास

Image
Nisarga Hospital

दार्चुलाको मार्मा गाउँपालिका का प्रमुख प्रशाशकीय रोशन अधिकारीलाई हिजो राति आफ्नै निवासमा सुति राखेको अवस्थामा आक्रमणको प्रयास गरिएको छ । मध्यरातमा अधिकारी आफ्नै निवासमा सुति रहँदा केहि अपरिचित ब्यक्तिहरूले उनि माथी ढुङ्गामुढा गरि आक्रमणको प्रयास गर्दा उनले झ्यालबाट हाम फालेर ज्यान जोगाएका छन ।

CP Hospital Dhangadhi

प्रयास प्रशासकीय अधिकृत अधिकारी बस्ने निवासमा उक्त समुहले आगजनी समेत गरेको ईलाका प्रहरी कार्यालय लटिनाथले जनाएको छ ।

गाउँपालिकाको केन्द्र लटिनाथ स्थित ईलाका प्रहरी कार्यालय नजिकै रहेको अधिकारीको निवासमै गएर मध्यरातमा आक्रमणको प्रयास गरिएको थियो । आक्रमणमा संलग्नलाई खोजि कार्य भैरहेको ईलाका प्रहरी कार्यालय लटिनाथले जनाएको छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur