नायिका नीति शाह बनिन ‘ब्राडफोर्ड’को ब्रान्ड एम्बेसडर,अध्यक्ष पवन विष्टले गरे स्वागत

Image
Nisarga Hospital

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरमा सञ्चालित ब्राडफोर्ड ग्लोबल एजुकेसन कन्सल्टेन्सी ग्लोबल एप्लाईले ब्रान्ड एम्बेसडरमा नायिका तथा मोडेल नीति शाह नियुक्त गरेको छ ।

CP Hospital Dhangadhi

आइतबार एक कार्यक्रमको आयोजना गर्दै ब्राडफोर्डले हस्ताक्षर समारोहको आयोजना गर्दै शाहलाई एम्बेसडरको रूपमा नियुक्ति गरेको जानकारी दिएको छ । ब्राडफोर्डले १८ वर्षदेखि विश्वका प्रमुख शैक्षिक गन्तव्य अमेरिका, अस्ट्रेलिया, क्यानडा, युके र न्यूजिल्याण्डमा करियर काउन्सिलिङ प्रदान गर्दै आएको छ भने छात्रवृत्ति सहजीकरण गर्नुका साथै वैदेशिक अध्ययनका लागि आवश्यक पर्ने English Proficiency Test जस्तै, IELTS, TOFEL, SAT, PTE को गुणस्तरीय कक्षाहरू व्यवस्थापन र परामर्श प्रदान गर्दै आएको छ ।

पत्रकारसँग कुराकानी गर्दै नायिका शाहले ब्राडफोर्डका ब्रान्ड एम्बेसडर बन्न पाउँदा खुसी लागेको बताइन् । उनले भनिन्, उच्च शिक्षाका लागि अमेरिका लगायतका विभिन्न देशमा पठाउने मात्र नभई ब्राडफोर्डले अध्ययन सकेपछि नेपाल फर्कन र जन्मभूमिमा योगदान गर्न गरिने परामर्शले एम्बेसडरको रूपमा जोडिन प्रोत्साहित गरेको हो ।’

nawajiwan
Attariya Hospital


कार्यक्रममा ब्राडफोर्ड ग्लोबलका निर्देशक तथा एप्लाई ग्लोबलका अध्यक्ष पवन विष्टले विदेश अध्ययनका लागि जाने विद्यार्थीहरूले कुनै पनि प्रकारको झन्झट झेल्नु नपरोस् भन्ने द्येयले काम गर्दै आएको दाबी गर्दै नीति शाहलाई ब्रान्ड एम्बेसडरको रूपमा पाउँदा खुसी व्यक्त गरे ।

संस्थाका निर्देशक रवीन्द्र घिमिरेले ब्रान्ड एम्बेसडरको सहयोगले ब्राडफोर्ड र एप्लाई ग्लोबलको सेवामा गुणस्तरीयता र व्यापकतामा टेवा पुग्ने भएकाले सोही अनुरूप सेवा प्रदानमा प्रतिबद्ध रहेको बताए । ब्राडफोर्डले भर्खरै सबै बिधार्थीको सहज जानकारी र सिधै घरमै बसी बसी एप्लाई गर्नको लागि सजिलो प्लेटफर्मको रुपमा ApplyGlobal.com पनि संचालनमा ल्याइएको छ।सम्भवत एजुकेसन एप्रोड (बिशेषत् अमेरिका) सम्बन्धि नेपालको यो पहिलो डिजिटल एप्स हो। जुन एप्स गुगल स्टोर र एप्पल स्टोरमा सहजै डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ।

Advertize US