आजदेखी गोदावरीका जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परिक्षण गरिँदै

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाका जेष्ठ नागरिकको आजदेखी निःशुल्क स्वास्थ्य परिक्षण गरिने भएको छ ।

CP Hospital Dhangadhi

मेयरसंग जेष्ठ नागरिक स्वास्थ्य प्रर्वद्धन कार्यक्रम अन्तरगत बिहिबार (आज) देखी घर घरमै पुगेर नगरका झण्डै ९ हजार जेष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिने भएको हो ।

nawajiwan

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीका अनुसार नगरभित्रका ८ हजार ८ सय ५९ जना जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिने भएको हो । जस्कालागि नगरका १६ ओटै स्वास्थ्य संस्थाबाट ३२ जना स्वास्थ्यकर्मी खटाईएको छ ।

Attariya Hospital

स्वास्थ्य शाखा प्रमुख अवस्थीले नसर्ने रोगलाई प्राथमिकतामा राख्दै रत्तचाप,सुगर,दम र पिसाब सम्बन्धी जाँच गरि समस्या देखिएमा औषधी पनि प्रदान गरिने बताए ।

त्यस्तै परिक्षणको समयमा कुनै ठुलो समस्या देखिएमा पनि उपचारको लागि स्वास्थ्य शाखाले सम्बन्धित निकायसंग समुन्वय गरिदिनेछ । स्वास्थ्य परिक्षणमा खटिने स्वास्थ्यकर्मीलाई बुधबार अभिमुखिकरण गरिएको थियो ।