
अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा न. १२ को कोलमुडा र गोदाडामा यही बैशाख २४ र २५ गते क्रमश. बिशेषज्ञ डाक्टरहरुद्वारा चेकजाँच सहितको स्वास्थ्य शिविर संचालन हुदै छ ।


गोदावरी नगरपालिकाको आर्थिक सहयोगमा संचालन हुने गै रहेको स्वास्थ्य शिविरमा बिशेषज्ञ डाक्टरहरु फिजिशियन, अर्थो, महिला रोग बिशेषज्ञ, आँखा रोग बिशेषज्ञ, मेडिकल रोग बिशेषज्ञ लगायत अन्य समस्या भएकाहरुका लागि चेकजाँच तथा उपचारको लागि शिविर संचालन हुदै गरेको छ ।
वडा न. १२ का वडा अध्यक्षद्वारा हस्ताक्षरित जारी विज्ञप्तीले लेखेका छन, स्वीकृत कार्यक्रम अन्तर्गत यस वडामा रहेका जेष्ठ नागरिकहरुका लागी यसै वडाको २ ठाउँमा निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएकोले आ-आफ्नो पायक पर्ने स्थानमा गई स्वास्थ्य जाँच गराउनहुन जानकारी गराएका छन ।
बैशाख २४ गते बिहान ८ बजे देखि नै भनथान बालविकास केन्द्र कोलमुडा मा हुने छ भने बैशाख २५ गते शिव आधारभुत विद्यालय गोदाडामा स्वास्थ्य शिविर संचालन हुने बताएका छन ।

































