
अत्तरिया: कैलालीको गोदावरी नगरपालिकाले निर्माण गर्न लागेको अत्याधुनीक फोहरमैला व्यवस्थापन केन्द्रमा स्वास्थ्यजन्य फोहर पनि व्यवस्थापन गरिने भएको छ । फोहरमैला व्यवस्थापन केन्द निर्माणको काम अन्तिम चरणमा पुगीसकेको छ तर सो केन्द्रमा हाल स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन गर्ने प्रविधि भने बनेको छैन ।

एशियाली विकास बैंकको ऋण सहयोगमा क्षेत्रीय सहरी विकास परियोजना कार्यालय धनगढीले फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि चीनको सिचुवान प्रोभेन्सी जियोलोजिकल इन्जिनियरीङ कम्प्लेक्ससंग १८ जुलाई २०२२ मा ठेक्का सम्झौता गरेको थियो । उत्त सम्झौतामा स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापनका बारेमा भने सम्झौता थिएन ।

त्यसैले अब फेरी नयाँ चरणबाट सोहि क्षेत्रमा स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन प्रविधि पनि निर्माण गरिने भएको हो । स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन प्रविधि निर्माणका लागि जम्मा १० धुर जमिन आवश्यक पर्नेछ जसमध्य ६ धुरमा भवन निर्माण गरिनेछ । अहिले फोहरमैला व्यवस्थापन केन्द्र निर्माण भईरहेकै ठाँउमा स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन प्रविधि निर्माण गर्न सकिनेछ ।
साझेदार सँस्थाहरु एशियाली विकास बैंक,वाटर एसिया इन्टरनेशनल र सहरी विकास परियोजनाले उत्त विषयमा आज नगरपालिकासंग छलफल गरेका छन् । निर्माण सुरुवात गर्ने क्रममा स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन प्रविधि छुटेको भन्दै उनीहरुले फेरी थप्न नगरपालिकालाई आग्रह गरेका छन् । स्वास्थ्य सेवा विभागका वरिष्ठ जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुंगानाले स्वास्थ्य संस्थाबाट निस्किने फोहर जलाएर व्यवस्थापन गर्दा हानिकारक हुने बताए ।
उनले फोहरमैला व्यवस्थापन केन्द्र निर्माण नेपालमा नयाँनयाँ अभ्यास भएकोले पनि सुरुवातमै सबैकुरा जानकारी नभएको बताउँदै सोहि ठाँउमा थोरै क्षेत्रफलमा स्वास्थ्यजन्य फोहर व्यवस्थापन प्रविधि निर्माण गर्न सकिने बताए । स्वास्थ्य संथाबाट निस्केका फोहर निर्मलीकरण नगरी व्यवस्थापन गर्न मुस्किल हुने भएकोले स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन प्रविधि निर्माण गर्नुपर्ने देखिएको उनले बताए ।

त्यस्तै वाटर एसिया इन्टरनेशनलका टिम लिडर धिरज मैनालीले गोदावरी नगरपालिकाको फोहरमैला व्यवस्थापन केन्द्रमा स्वास्थ्यजन्य फोहर व्यवस्थापन प्रविधि आवश्यक पर्ने बताए । स्वास्थ्यजन्य फोहर व्यवस्थापन प्रविधि भएमा हानीकारक प्रकृतिका फोहर र सामान्य फोहरलाई वर्गीकरण गरी व्यवस्थापन गर्न उनले सकिने बताए ।
हाम्रो घरघरमा प्रयोग गरेर बाँकी रहेका काम नलाग्ने वस्तुहरु उद्योग धन्दा कलकारखाना, उद्योग धन्दाहरुबाट निस्किएका वा वस्तुहरु खेतबारीबाट उत्पादित भएका फ्याकिने वस्तुहरु लाई नै ठोस फोहोर मैला भनिन्छ । जो कोहीले काम नलाग्ने भनि फालेका वस्तु अर्को लाई काम लाग्ने पनि हुन सक्छ । ती वस्तुहरु कच्चा पदार्थका रुपमा पनि प्रयोग ल्याउन सकिन्छ । जस्तै प्लाष्टिक, कागज, फलामका टुक्रा, काचका बट्टा, सिसाका बोतल, टिनका पाता, रङका बट्टा र वाल्टी आदिलाई फाल्छौ तर पछि तिनै वस्तुहरु सम्वन्धित कारखानाहरुमा लिएर विक्रि गरेमा धेरै पैसामा विक्रि गर्न पनि सकिन्छ । एवं प्रकारले त्यस्तै तरकारी केलाउँदा निस्केका वोक्रा, फलफूल खाएका बोक्रा र झारपातलाई किसानले कम्पोष्ट मल बनाउँदा प्रयोगमा ल्याउन सक्छन् ।
अन्यथा फोहरमैला व्यवस्थापन केन्द्रमा काम गर्ने जनशत्तिलाई असर गर्न सक्ने उनको भनाई थियो । त्यस्तै जिआइजेडका प्राविधिक सल्लाहकार सुवास नेपालले फोहरमैला व्यवस्थापन केन्द्र निर्माणपछी सञ्चालनमा पनि चुनौती रहेकोले एकै स्थानीय तहको फोहरले नभ्याउने भएमा छिमेकी पालिकाहरुसंग पनि समन्वय गर्न सकिने बताए ।
उनले स्वास्थ्य संथाबाट निस्केका फोहरलाई उपचार नगरी फोहरमैला व्यवस्थापन केन्द्रमा फाल्न नपाईने भएकोले स्वास्थ्यजन्य फोहर व्यवस्थापन प्रविधि निर्माण गर्नु जरुरी रहेको बताए । त्यस्तै गोदावरी नगरपालिकाका जनस्वास्थ्य निरीक्षक जनकराज अवस्थीले स्वास्थ्य संस्थाबाट निस्केको फोहरलाई निर्मलीकरण गरेर मात्रै व्यवस्थापन गर्न पाईने प्रावधान भएको हुँदा सो व्यवस्थापनका लागि शाखा प्रतिवद्ध रहेको बताए ।
फोहोर बाट के के हानी नोक्सानी र के के फाइदा र वेफाइदा छन् ? फोहोर व्यवस्थित गर्न को को जिम्मेवारी हुनुपर्दछ र किन ? फोहोर मैला कसरी र कहाँ लिएर तह लगाउने भन्ने कुराको सबै सबै सरोकारवाला पक्ष लाई जानकारी हुन अति जरुरी हुन्छ । जो जिम्मेवारी पक्ष हो त्यो नै पक्ष किन जवाफदेही बन्न सकिराखेको छैन र फोहर मैलाको व्यवस्थापन गर्न सकिराखेको छैन भन्ने कुराको जानकारी हुन पनि जरुरी छ ।
फोहर मैला भनेको घीन लाग्दो चिज, वस्तु, मलमूत्र लगायतका दुर्गन्धित वस्तु, चीज बिज र मयलले हेर्न नहुने, काम नलाग्ने कालो धमिलो र मैलालाई नै फोहर मैला भनिन्छ । हो फोहोर मैला भनेको दुर्घन्धित वस्तुको समूहलाई बुझाउँछ । फोहोर ठोस र तरल दुबै हुन्छ । चर्चा परिचर्चामा ठोस फोहोरको नै बढी चर्चा परिचर्चा आउँछ ।
छलफलका क्रममा आफ्नो भनाई राख्दै गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले स्वास्थ्यजन्य फोहर व्यवस्थापन प्रविधि पनि अत्यावश्यक रहेको भन्दै निर्माण गर्ने प्रतिवद्धता व्यत्त गरेका छन् । सम्झौता अनुसार फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको काम २०२४ सेप्टेम्बरमा सम्पन्न हुनु पर्नेछ । अहिले गोदावरी नगरपालिका क्षेत्रबाट संकलन हुने सबैखाले फोहर मातृभुमि भन्ने संस्थाले व्यवस्थापन गर्दै आईरहेको छ ।


































