गोदावरी १२ मा नगरपालिकाद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १३५ जनाले लिए सेवा

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालिका वडा नं १२ को चालसल्ली आधारभूत स्वास्थ्य सेवा केन्द्रमा विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ।

CP Hospital Dhangadhi

गोदावरी नगरपालिकाका मेयरले यस पालिकाको बिकट क्षेत्रमा स्वास्थ्य शिविरको आयोजना गर्ने निर्णय अनुसार यस पालिकाको स्वास्थ्य शाखाको आर्थिक सहयोग तथा आयोजनामा यस क्षेत्रमा स्त्री रोग, हाडजोर्नी, नाक कान घाटी, जनरल सर्जरी, जर्नल मेडिसिन सम्बन्धी चेकजाँच तथा उपचार सेवा दिन लागेको छ ।

nawajiwan

धनगढीको केजी हस्पिटल प्रालि को प्राविधिक सहयोग बाट विशेषज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन आएको छ । केजी हस्पिटलका डाक्टर दीपक कुमार सिंह , डाक्टर सोनी, डाक्टर घनस्याम जोशी, डाक्टर विवेक जोशी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन अहेब कपिल साउद ले गरेका हुन् ।

कार्यक्रमममा गोदावरी नगरपालिका वडा नं १२ वडा अध्यक्ष भिम बहादुर खड्काले भने मैले चुनाव र अन्य समयमा बोलेका वाचाहरु क्रमिक रुपमा पुरा गर्दै छु, आफू यस क्षेत्रका जनताको विकास स्वास्थ्य, शिक्षाका लागि नै मैले राजनिति गर्दै आएको समेत बताएका छन ।

Attariya Hospital

स्वास्थ्य शिबिर कार्यक्रममा बोल्दै वडा अध्यक्ष खड्काले यस क्षेत्रमा रहेका जनताहरुले जति सक्दो बढी सेवा दिई सबै जनतालाई शिविर संचालनको बारे जानकारी गरेको समेत बताएका छन ।

गोदावरी नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गरेका योगदान र गर्दै आएका क्रियाकलाप बारे जानकारी गराउदै आगामी दिनमा पनि पालिकाको विगट बस्तीमा यस्तै स्वास्थ शिविर संचालन गर्ने कार्यक्रम रहेको जानकारि स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताएका छन ।