निःशुल्क शव वाहानले पैसा लियो भन्ने समाचार प्रति गोदावरी नगरपालिकाद्वारा खण्डन

Image

अत्तरियाः कैलालीको गोदावरी नगरपालिकाले गत बर्ष देखि निःशुल्क शव वाहान सेवा संचालनमा ल्याएको थियो ।

nawajiwan

शव वाहान संचालनका क्रममा केही मिडियाले शव बोकेबापत मृतकको परिवारबाट २ हजार रुपैयाँ लिएको भन्ने समाचार प्रति गोदावरी नगरपालिकाले खण्डन गरेको छ ।

Attariya Hospital

बुधवार काठमाण्डौबाट धनगढी आईरहेको बसले मोटरसाईकलमा सवार गरेका मृतक नन्दराम चौधरी र घाईते अबस्थामा रहेका लेखकराज जोशीलाई कैलालीको हरैयामा सडक दुर्घटना हुदा चौधरीको निधन भएको थियो । मृतक नन्दराम चौधरीको शव बोकेर सुदूरपश्चिम प्रदेशको चिर परिचित गोदावरी आर्यघाटमा लैजादै गर्दा अत्तरियाको डिके आयल निगममा मलामी जादा सँगै मलामी बोकेको ट्याक्टरहरुले तेल हाल्दै गर्दा मलाई पनि तेल हालेर जानुहोस भने पछि आफूले पनि चौधरी समुदायको नियम नै होला भनेर ट्याक्टर लागेको ठाउँमा शव वाहानलाई अगाढी बढाएर तेल हालेको जानकारी शव वाहानका ड्राईभर दिपकराज भट्टले बताएका छन ।

यसै बिच मृतक नन्दराम चौधरीका स्वहोदर भाई नाता पर्ने लिलाराम चौधरीले भने, हाम्रो परम्परा अनुसार मलामी गएका गाडीहरुलाई १-२ हजारको तेल हाल्ने चलन रहेको र आफूलाई हाल्नु पर्दैन भनेर थाहा नभएकोले पनि हामीले शव वाहानमा तेल हालेका हौ, बाकी गोदावरी आर्यघाटमा अन्त्येष्टि पश्चात वाहान संचालनका लागि स्वईच्छिक रुपमा बक्समा राखी दिनु भन्दै रु ५०० शव वाहानका गुरु जीलाई दिएको बताएका छन ।

तेसै गरी शव वाहानले पैसा लियो भन्ने समाचार देखे पछि आफूहरु दुःखित भएको र सत्य तथ्य न बुझी झुटो समचार सम्प्रेशण भएको प्रति घोर आपत्ती रहेको गोदावरी नगरपालिकाका नगर प्रवक्ता तथा वडा न. १ वडा अध्यक्ष गोपाल दत्त भट्टले बताएका छन । उनले भनेका छन नगरपालिकाको आफ्नो क्षेत्र भित्रका जो सुकै नागारिकलाई निःशुल्क रुपमा सेवा प्रदान गर्दै गरेको र जो कोहीले पनि स्वईच्छ्याले बाहेक अन्य रुपमा आफूहरुले पैसा नलिने बाएका छन ।

समाचारकै बिषयमा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले भने,”राष्ट्रको चौथो अंगको रुपमा रहेको जिम्मेवार निकायले पत्रकारिता पेसामा बसेर जे मन लाग्यो तेही बालापना देखाएर सत्य तथ्य नबुझी समाचार लेख्नु आफैमा गलत कुरा बताएका छन” कसैले सामाजिक संन्जालमा हाल्दैमा त्योलाई आधार मानेर समाचार हाल्नु कत्तीको उचित हुन्छ ? सम्बन्धित निकायलाई बुझेर समाचार हाल्दा पत्रकारिताको गरिमा बढ्ने समेत बताएका छन । एक स्थानिय सरकार चलाउदै गर्दा अनेकन आरोप लगाई कसैको चरित्र हत्या गर्नु उचित हुदैन मिडियाका साथीहरु सच्चिन आग्रह गरेका छन ।