गोदावरी नगरपालिका वडा न. ११ र १२ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र उद्घाटन

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा नं ११ र १२ मा निर्माण गरिएको आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरिएको छ ।

CP Hospital Dhangadhi

nawajiwan

गोदावरी नगरपालिकाको आर्थिक सहयोग र स्थानियको जन श्रमदानबाट गोदावरी ११ को राममन्दिर र १२ को कोल्मुडामा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नयाँ भवन निर्माण गरिएको थियो । बुधबार एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरेका हुन ।

कार्यक्रममा बोल्दै नगर प्रमुख बिरेन्द्र भट्टले यहाँका विकास निर्माणको बारेमा आफु जानकार रहेको बताए । पालिकाका प्रत्येक वडाको हरेक विकास निर्माणका गतिविधिहरुका बारेमा मलाई थाहा छ । गोदावरी नगरपालीकाले ल्याएको एक वडा एक चिकित्सक कार्यक्रम लाई सबै ठाउँमा सबै जनताका लागि स्वास्थ्यको पहुँचमा पुर्याउने उद्देश्य सहित आज गोदावरीको बिकट वडाले चिनिने ११ र १२ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र गर्न पाउदा आफू खुसी रहेको बताएका छन ।

Attariya Hospital

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख भट्टले यो क्षेत्र सुगम जिल्लाकै दुर्गम क्षेत्रका रुपमा रहेकाले यहाँ स्वास्थ्य चेकजाँच आवश्यकता रहेको बताए । ‘प्रसुती सेवाका लागी यहाँका महिलाहरुले घण्टौ हिड्नुपर्ने बाध्यता छ । यातायातका लागी बाटो पनि अफ्ठ्योरो भएकाले कतिपय महिलाहरुले अस्पताल जान नपाई ज्यान गुमाउनुपर्ने परिस्थीति आएको छ । त्यसैले प्रसुती सेवा नपाई कुनै पनि महिलाहरुले अनाहकमा ज्यान गुमाउन नपरोस र जन्मिने बच्चा पनि सकुशल होस भन्ने उद्देश्यले यहाँ स्वास्थ्य केन्द्र सहित प्रसुती गृह निर्माण गरिएको हो’ उनले भने ।

कार्यक्रममा बोल्दै नगर प्रबक्ता गोपाल दत्त भट्टलेले कोल्मुडा क्षेत्रलाई बिकास र संबृद्ध पार्न कुनै राजनीतिक पार्टी नभनी सबैले हातेमालो गर्न आवश्यक रहेको बताएका छन । ‘यो क्षेत्र अत्तरियाबाट पछाडी पारिएको क्षेत्र भएकाले यसको विकासका लागि सबै एक ढिक्का भएर अगाडी बढ्न आवश्यक छ ।’

स्वास्थ्यक्षेत्रमा गोदावरी नगरपालिकाले के के काम गर्दै छ त ?  

* मेयर संग जेष्ठ नागरिक कार्यक्रम अन्तर्गत घर दैलोमा नै पुगेर स्वास्थ्यकर्मीबाट चेकजाँच औषधी उपचार
* सुत्केरी महिला लाई १५०० बराबरको पोषण साम्रगी
* गर्भवती, सुत्केरी अपांङग जेष्ठ नागरिक लाई Ambulenre सेवा ।
* स्वास्थ्य संस्थामा वर्ष भरी औषधी आपुर्तीको व्यवस्था
* बेला र हाटखोनीमा Birthing center साथै सुरक्षित गर्भपतन केन्द्रको विस्तार
* विधालयमा नर्सिङ कर्मचारी बाट स्वास्थ्य शिक्षाको निममित कार्यक्रम संचालन गरिएको
* दुर्गम ठाउँमा प्रजनन स्वास्थ्य शिवीर, Ultrasound को शिवीर, विशेषज्ञ स्वास्थ्य शिवीर राख्ने गरिएको
* प्रत्येक वार्डमा आँखाको शिवीर संचालन गरिएको
* मालाखेती अस्पतालमा २४ घण्टा चिकित्सक बाट Emergenry सेवा प्रदान तथा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत वर्षभरी निःशुल्क औषधी उपलव्ध गराईएको
* महिला स्वास्थ्य स्वयम सेविकालाई प्रत्येक महिना यातायात खर्च बाफद रु. १००० तथा आवकाश पछि रु. ५० हजार
* सुत्केरी पश्चात आमा र बच्चा को स्वास्थ्य चेक जाँच गर्न स्वास्थ्यकर्मीहरु घरदैलो मा नै गएर सेवा दिएको ।