अत्तरिया: कैलालीको गोदावरी नगरपालिका वडा न १० को खमौरामा विशाल खानेपानी आयोजनाको निर्माण शुरु भएको छ।

एक घर एक धारा भन्ने उद्देश्यका साथ शुक्रबार गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टद्वारा उक्त खानेपानी ट्याङ्कीको सिल्यान्यास गरिएको हो।
शिलन्यास पश्चात् नगर प्रमुख विरेन्द्र भट्टले गोदावरी नगरपालिकाबाट आफ्नै स्वामित्वमा निर्माण हुन गइरहेको खानेपानी ट्याङ्की सुदुरपस्चिम प्रदेशको स्थानीय सरकारको यो पहिलो योजना रहेको बताए। उनले वडा नं १० बासीहरुको घर-घरमा धारा पुर्याई २ वर्ष भित्रमा शुद्ध खानेपानीको पहुँचमा ल्याउने उद्देश्यका साथ नगरपालिका यस कार्य अघि बढाएको बताए।
गोदावरी नगरपालिका भित्र करोडौको खानेपानी आयोजना बन्दै गर्दा यस क्षेत्रका जनताको ईच्छ्या आकाङ्छ्या सँगै शुद्ध पिउने पानी पाउदा हामी सबै हर्षित भएको र योजनालाई सफल पार्न सबैले लागि पर्नु पर्ने गोदावरि नगर पालिकाकी नगर उप प्रमुख शारदा देवी रोकायाले बताएकी छिन ।
गोदावरी नगरपालिका ईन्जिनियर तथा खानेपानी आयोजना प्रमुख पूर्ण कुँवरका अनुसार यस क्षेत्रका करिब १ हजार १ सय २९ घरधुरीलाई प्रत्यक्ष रूपमा शुद्ध खानेपानी बाट लाभान्वित गर्ने उद्देश्यले उक्त खानेपानी निर्माण कार्य सुरु गरिएको बताए।


उनले वडाबासीहरुले भोग्दै आइरहेको खानेपानीको समस्यालाई मध्यनजर गर्दै यसलाई प्राथमिकता दिएर हरेक घर-घरमा शुद्ध खानेपानीको पहुंच गर्ने उद्देश्यका साथ करिब २ लाख २५ हजार लिटर बराबरको क्षमता हुने खानेपानी ट्याङ्कीको निर्माण कार्य सुरु भएको बताए ।
नगरपलिकाले बृहत खानेपानी आयोजना अन्तर्गत १० नं वडामा ५ करोड २० लाख ३२ हजार ३ सय १ रुपैया बजेटबाट उक्त ट्याङ्की २ वर्षमा सम्पन्न हुने गरी धनगढीको एमएस एल बि एन्ड जय श्री बालाजी जे भी निर्माण व्यवसायी कम्पनी संग सम्झौता गरिएको छ।
। यस क्षेत्रका करिब १हजार १सय २९ घर धुरी लाभन्भित हुने योजनामा ट्याङ्ककी निर्माण हुने भएको हो।
शिलन्यास कार्यक्रममा गोदावरी नगरपालिका नगर उप प्रमुख शारदा देवी रोकाया,जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत हरी दत्त भट्ट लगायत,स्थानीयहरु सहभागी थिए।