आजका लागि यी ५ राशिलाई हुदै छ मालामाल सहित दुर्लभ योग, आजमिति २०७५ साल कार्तिक २५ गते आईतबार, राशिपढी सेयर गरौ

label समाचार प्रकाशक query_builder November, 11 2018

वि.सं. २०७५ कार्तिक २५ गते आइतबार तदनुसार ई. सं. २०१८ नोभेम्बर ११ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३९, (कछलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:२२ बजे र सूर्यास्त : साँझ ०५:१२ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:१३ बजे र सूर्यास्त : साँझ ०५:०६ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:२९ बजे र सूर्यास्त : साँझ ०५:१६ बजे, कार्तिक शुक्लपक्षको चतुर्थी तिथि, मध्यरात्रीपूर्व ११:३० बजेसम्म, त्यसपछि पञ्चमी तिथि, मूल नक्षत्र, मध्यरात्रीपछि १२:४५ बजेसम्म, त्यसपछि पूर्वाषाढा नक्षत्र, चन्द्रमा धनु राशिमा (अहोरात्र व्याप्त), सुकर्मा योग, साँझ ०४:१२ बजेसम्म, त्यसपछि धृति योग, वणिज करण, मध्यरात्रीपूर्व ११:३० बजेसम्म त्यसपछि विष्टि (भद्रा) करण, आनन्दादि योग : सिद्धि, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : नैऋत्य, वारशूल : पश्चिम, आजको चाडपर्व र उत्सव : फाल्गुनन्द जयन्ती

आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : २७ गते : छठ पर्व, डाला पूजा, २८ गते : त्रिपुष्कर योग बिहानको राती ०२ बजेर ५८ मिनेटदेखि बिहान ०५ बजेर १८ मिनेटसम्म, बैतडीको शिलंगामा महारुद्र कोटिहोम मेला, विश्व मधुमेह दिवस,

युवा ज्योतिष सुजल श्रेष्ठ, ज्योतिष परामर्श केन्द्र पाटन दरबार, (भीमसेन मन्दिरको ४ घर उत्तर दिशा) ललितपुर नेपाल । सम्पर्क फोन नं. ०१ – ५५४२९५८, मोबाईल ९८४१७६३५५९ । सुरु गरौँ आजको राशिफल । शुरु गरौ आजको राशिफलबाट

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – घर जग्गाको कुराहरु बढेर आउने हुन्छ । त्यस सम्बन्धि विशेष योजना गर्नु पर्ने जस्तो हुने हुन्छ । भौतिक साधनले गर्दा जीवनशैलीमा सहजता आउला । जीवनशैलीमा परिवर्तन आउन सक्छ, अर्थात् दैनिकी कामहरु बढेर आउने हुन्छ । मेहनत गर्दा काम बन्न सक्छ । अरूका व्यवहारमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला । काम बिग्रन सक्छ । केही संघर्ष गर्नुपरे पनि हतास नहुनु होला । परि–परि आउला र तरी–तरी जाला । अतिथिको आगमनको संकेत आउला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – मन भएको यात्राको फाइदा उठाउने समय छ । आफ्नो काम आफुले भन्दा पनि अरुले गरिदिने जस्तो होला वा आफु भन्दा अरु बढी इच्छुक होला । रोकिएका काम बन्ने छ, यदि सुरु गरे र अलि धेरै समय दिए राम्रो हुनेछ । आफ्नो बुद्धि बल पनि लगाउनु पर्छ, अरुको कुराहरुमा पुरै विश्वास चाही नगर्नु होला । ठूलो आवश्यकता पूरा गर्न तयार होला । सहयोगीहरूले राम्रो साथ दिनेछन् । यता उता जाउ भन्ने हुन्छ । छुट्टै फुर्ति र चुस्ती आउला । अरुलाई फाइदा दिनु पर्ने समय छ । काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । कर्जा लिनुपर्ने हुन सक्छ । प्रतिस्पर्धीहरूले अलि दुःख देलान् । काममा सहयोगको आशा देखाउनेहरूबाट धोका पाइने सम्भावना देखिन्छ । धेरै बोल्दा समस्या आउन सक्छ । योजना गोप्य राखेर अघि बढ्नुहोला । फाइदा उठाउने समय छ । ठूलो आवश्यकता पूरा हुनेछ । व्यापारमा फाइदाको संकेत देखिन्छ । मिठो मिठो खाना मन होला । त्यसैले भट्टी आदिमा धेरै खर्च नगर्नु होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – स्वास्थ्य भने आज धेरै राम्रो हुनेछ । व्यतिmको प्रभावले सबैलाई अकर्षण गर्नेछ । बोलेर सबैलाई समेट्ने प्रयास गर्नुहोला, यसो गर्नाले आज नभएपनि भोलि पर्सि तिर र आउने काम कुराहरुमा सफलता मिल्न सजिलो हुन्छ । परिवारजनबाट टाढिनुपर्ला वा एक छिनको लागी छुत्तीएला । अरुले त्यतिकै फसाउन सक्छन्, वा ठुलो ठुलो आश्वासन देला । हावा कुरामा विश्वास नगर्नु होला । अवसरको खोजीमा भौतारिनु पर्ला । सहयोगीहरूले केही समस्या भने बढाउन सक्छ वा भनौ छिटो काम नगरी देला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – जीवनशैलीमा परिवर्तन आउनेछ । प्रयत्न गर्दा आउने समस्या समाधान हुनेछन् । फाइदा हुने काम प्राप्त हुन सक्छ । रोकिएका काम बनाउन तिर लाग्नु पर्नेछ । काम रोकिनाले मन खिन्न–सुस्त हुनेछ । प्रतिस्पर्धीहरूले अलि दुःख देलान् । काममा सहयोगको आशा देखाउनेहरूबाट धोका पाइने सम्भावना देखिन्छ । हिसाबकिताब हेर्नु पर्ने समय आएको छ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । सहयोग गर्नेहरू भेटिनेछन् । लगनशीलताले सफलता दिलाउनेछ । नयाँ काममा हात हाल्ने समय छ । घुमफिरको समय छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – मन मिल्ने मान्छेहरुको साथको अभावको महसुस होला । रमाइलो जमघट आदिको तयारी हुने चाजो–पाँजो देखिन्छ । अली कति दुख र धेरै खुसि बढाउने अनुकुल स्थिति आउन सक्ने हुन्छ । आफ्नो नातेदार आदि संग जमघट वा भेटघाट हुनेछ । काममा प्रियजनको सहयोग जुट्नाले उत्साह मिल्नेछ । मनमा भएको ठाँउमा घुमफिर गर्न पाउने छ किनकि त्यस्को समय आएको छ । नया काम फेला पर्न सक्छ त्यसैले जागिर खान वा काम धन्दा खोज्न प्रयत्न गर्दा हुन्छ । अध्ययनको लगावले अलि बढी पढाई लेखाइमा चिन्तन होला तर धेरै पढ्न–लेख्न आदि सक्छ नि भनेर भन्न सकिन्न ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – पशुपालन तथा कृषि क्षेत्र राम्रो गर्नु पर्ने देखिन्छ किन कि त्यसमा सुधारहरु गर्नु पर्ने समयहरु आएको छ । गुरुजन वा जान्ने बुझ्नेको को सुझाव फलदायी होला । सुधार आएको भान होला । लगनशील र इमान्दारीको साथ अघि बढ्न सकिनेछ । रोजगारीबाट लाभ प्राप्त भएर आउने । कसरि पैसा कमाउ भन्ने सोच आउला । धेरै उपलाधि यदि नभएपनि ,केहि भएपनि उपलब्धिको कारण खुशी होला । कृषिकर्म आदि काममा मनग्गे लाभ वा त्यसलाइ नयाँ दिसा दिन सकिएला । कमजोरी र आफ्नो अल्छि पन सुधार्दै अघि बढ्दै जानु पर्नेछ यदि नसुधारे अफ्फैलाई व्यवहारिक गाह्रो र झन्झट होला पछि ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – आजको दिन धेरै महत्त्वपूर्ण हुनेछ । अध्ययनको लगावले अलि बढी पढाई लेखाइमा लाभ होला । नया काम फेला पर्न सक्छ । छुट्टै फुर्ति र चुस्ती आउला । आफुले एक ताल साथ दिएको व्यक्तिको उन्नति आदि देखि खुसि हुन पाउला, तर उनीहरुको घमण्ड देखि माया काम होला । अरुबाट सानो कदर पाउन पनि अलि समय पछि मात्र होला । चुनौती पन्छाउँदै अघि बढ्न सकिनेछ । परीक्षा आदिको नतिजाले उत्साह बढाउनेछ । विशेष योजना गर्नु पर्ने होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – केही संघर्ष गर्नुपर्ला, २–३ ठाउँहरु आदिमा तिर्नु पर्ने जस्तो हुनेछ । हुन बाकि खर्चले चिन्ता बढाउन सक्छ । सहयोग गर्नेहरू आफै भेटिनेछन् । स्वास्थ्य सबल बनाउन सकिएला । राम्रो पनि भएर आउला । बिस्तारै मात्र फाइदा उठाउन सकिनेछ । रोकिएका काम बनाउन सकिनेछ त्यसैले काम फत्ते पर्ला पुरै जिउ ज्यान लगाउनु होला । चिन्ता गर्नु पर्दैन । प्रतिस्पर्धीहरूले हार खानेछन् । कर्जा लिनुपर्ने हुन सक्छ वा पाउने हुन सक्छ । प्रतिफल अलि ढिला आउनेछ तर अवश्य आउनेछ । रोकिएका काम बनाउन सकिनेछ तर सोचेको भन्दा धेरै लागत लाग्नेछ । काम रोकिन लागेको जस्तो भएर मन खिन्न हुनेछ तर चिन्ता गर्नु पर्दैन काम सब बन्ने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – फाइदा हुने काम प्राप्त हुन सक्छ । सन्तानको सहयोग लाभदायी बन्नेछ । श्रमको मूल्यांकन होला । सहयोग गर्नेहरू भेटिनेछन् । लगनशीलताले सफलता दिलाउनेछ । नयाँ काममा हात हाल्ने समय छ । अलि प्रयत्न गरे रोकिएका काम बनाउन सकिनेछ । रमाइलो र खुसीले भरेको समय छ आएकाले तपाइको प्रगती हुनेछ । स्वास्थ्य सबल रहनेछ । तर बिस्तारै अलि कमजोरी होला । मित्रहरु वा कोहि पनि चाहिदैन एक्लै ठिक छु भन्ने हुन्छ । जो कोहि पनि व्यक्ति संग खुसि होला आजको दिन । आफुनै अलि दोधारमा होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – लगनशीलताले नसोचेको सफलता दिलाउनेछ । रोकिएका कामहरुमा लागेर बनाउन सकिनेछ । प्रतिस्पर्धीहरूको स्वतः हार हुनेछ । कर्जा लिनुपर्ने सोच आउन सक्छ वा लिइएला । ठूलो बाधा अलि पन्छाउन सकिएला । योजनाहरुलाई गोप्य राखेर अघि बढ्नु होला । अरूलाई प्रभावित पारेर काम निकाल्न जान्नु पर्ने छ । बोल्ने बानीले दुःख पाइनेछ । विशेष योजना गर्नुहोला । जीवनशैलीमा परिवर्तन आउनेछ । स्वास्थ्य प्रतिकूल बन्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – मनोरञ्जनको समय छ । जे मा पनि फाइदा उठाउने समय छ । आफुले गर्नु नसके सहयोगीहरूले राम्रो साथ दिनेछन् । सहयोग गर्नेहरू चाहिने भन्दा बढी भेटिनेछन् । अलि कति रमाइलो वा खुसियाली जस्तो बढने बातावरण आएको छ । रमाइलो होला कि नहोला भन्ने खुल्दुली होला । प्रयत्न गर्दै जादा आउने समस्याहरु सहजै समाधान हुनेछन् । कारोबारहरु बढ्न सक्ने देखिन्छ । ध्यान पुर्बक कामहरुमा अघि बढ्नु होला । बिना तयारी घुमफिर गर्नु पर्ला । त्यस्तै खाले समय आएको छ । आफ्नो प्रभुत्व सबैमा जम्ने छ । अरूका व्यवहारमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला । संस्कृतिक कामहरुमा लग्नु पर्ला । प्रेम र मित्रताहरु बढ्नेछ । मित्रता स्थापित गर्न सकिनेछ । रमाइलो समय छ

तपाईंको प्रतिक्रिया दिनुस्