फोरजी प्रयोगकर्ता १९ लाख

label सुदूरखबर संवाददाता query_builder November, 11 2018

काठमाडौं, कात्तिक २५ । मोबाइलको चौथो पुस्ताको इन्टरनेटको रुपमा परिचित फोरजी सेवा सरु भएका डेढ वर्षको अवधीमा यसको प्रयोगकर्ता १९ लाख पुगेका छन् ।

विश्वव्यापी रुपमा हाल अत्याधिक प्रचलनमा रहेको फोरजी प्रयोग गर्नेको संख्या १९ लाख २८ हजार ८९१ पुगेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । यो संख्या गत भदौसम्मको भएको गोरखापत्र दैनिकमा खबर छ । हाल नेपालमा नेपाल टेलिकम, एनसेल र स्मार्टसेलले मोबाइलमा फोरजी सेवा प्रदान गर्दै आएका छन् ।

फोरजी सेवा विस्तारमा विदेशी लगानीको एनसेल तुलनात्मक रुपमा आक्रामक देखिएको छ । एनसेलका प्रयोगकर्ता १२ लाख ४४ हजार प्रयोगकर्ता रहेका छन्। त्यस्तै नेपाल टेलिकमका प्रयोगकर्ता ६ लाख ३५ हजार रहेको छन् । त्यस्तै निजी क्षेत्रको लगानी रहेको स्मार्टसेलका प्रयोगकर्ता भने ४८ हजार ३६९ रहेका छन् ।

तपाईंको प्रतिक्रिया दिनुस्