भारतको बैंगलोर बाट बाजुरा बालगृह निर्माणका लागि एक लाख नेपाली सहयोग (भिडियो सहित)

label समाचार प्रकाशक query_builder November, 12 2018

प्रकाश जे धामी/ बैंगलोर/
“सके हजार नसके प्रचार” अभियान चलाएका देशका कान्छा सामाजिक अभियान्ता केपि खनाल सरसफाइ अभियान सङगै गायक/गायिका ,विभिन्न संघ/संस्था ,प्रवासका नेपालीहरुको समूह सङग सहकार्य गरेर अहिले देशकै बिकट जिल्ला बाजुरामा कन्सर्न बाजुराको स्वामित्वमा रहनेगरी करिव आधी करोडको लागतमा अनाथ बालगृह निर्माणमा छन् । यसैक्रममा गायक टंक तिमिल्सेना र केपि खनाल यो बर्षको दिपावली भारतमा मनाउने भनेर भारतमा जादा बैगलोरमा सामाजिक व्यक्तित्व जनेश्वर जोशी को पहलमा आइतबार एक कार्यक्रमका बिच छोटो समयमै नेपाली एक लाख संकलन गरेर टंक तिमिल्सेना र केपि खनालको हातमा हस्तान्तरण गर्नुभएको छ ।
कार्यक्रममा गायक तिमिल्सेनाले मनोरञ्जन दिएका थिए भने कान्छो अभियान्ता खनालले यो बालगृहका लागि अझै सबैले आ/आफ्नो क्षेत्रबाट सहयोगको अपिल मागेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुस्