रुखबाट लडेर बझाङमा एक बालको ज्यान गयो

label समाचार प्रकाशक query_builder November, 17 2018

बझाङ, मंसिर १ । रुखबाट लडेर बझाङमा एक बालको ज्यान गएको छ । जिल्लाको बुगल नगरपालिका–९ बातिगाउका हिरा बिष्टका छोरा १३ वर्षीय विनोद बिष्टको रुखबाट लडेर घटना स्थलमै मृत्यु भएको परिवार स्रोतले जनाएको छ ।

शनिबार बिहान ७ बजे तिर घर नजिकै रहेको खेतको आलिम भिमल काट्टने क्रममा रुखबाट लडेर बिष्टको मृत्यु भएको हो । बिष्ट सारदा माबि सैनोडिमा कक्षा ७ मा अध्यनरत थिए ।

तपाईंको प्रतिक्रिया दिनुस्