घर अभावकै कारण मना हुड्के छाउँगोठमा सुत्न बाध्य

label समाचार प्रकाशक query_builder November, 17 2018

सुदूर खबर/ नमराज भन्डारी अछाम
रजस्वला भएपछि घरमा बस्दा देबिदेउता रिसाउछन भने परम्परा अछाममा छ। ढकारी गाउँपालिका वडा १ कि मना हुड्के घर अभावले छाउगोठमा छन । घरपरिवार सङ्गै बस्दै आएकी मनालाइ घर अभाले छाउगोठमा पुर्याएको हो । घर नजिकै एउटा पालमुनी चिसोका रातहरु बिताइरहेकि छ्न । मनाले भनिन, घर अभाव छ, घर भत्कियो छुइ भएको बेला घरको छुट्टै कोठामा बसौ भने घर छैन । आवाज
भारतमा रोजगारीको सिलसिलामा रहेका शिरिमान संगै बसेकी मना घर भत्केपछि घर आइन । घरमा आउँदा सासू आमा र देवर एउटा सानो कटेज बनाएर बसेका थिए ।
अहिले घर निर्माणको जग हाल्ने काम भइरहेको छ ।

मनाकी सासुमा माता हुड्के घर अभावले मत्रै बाहिर बसाएको बताइन । संगै बस्दा केही नहुने तर बुहारीलाई बसाउन लाई छुट्टै घर नभएको र अब घर बनाइ सकेपछी छुट्टै कोठा निर्माण गर्ने बताइन । आवाज ,

पश्चिम नेपालका पहाडी भेगहरुमा अझै पनि छाउपडी प्रथा मान्ने चलन रहेको छ ।

महिनावारी भएका बेला छाइछुइ गर्न नहुने, यसो गरे देवता रिसाउने र पाप लाग्ने लगायत धार्मिक अन्ध विश्वास रहदै आएको छ ।

विशेष गरेर प्रदेशनं ७ र कर्णाली प्रदेशका जिल्लाहरुमा यो प्रथा कायमै छ । महिनावारी वा सुत्केरी भएकी नारीलाई घर भन्दा केहिपर बनाइएको छाउगोठमा राख्ने गरिन्छ ।

सुत्केरी तथा महिनावारी भएकी नारीलाई सरसफाई तथा पोषिलो आहार खुवाई आराम गराउनु पर्ने अवस्थामा शिक्षित, सम्पन्न र सभ्य भनिने घरका छोरी, बुहारी समेत महिनावारी हुँदा घरमा बस्दैनन ।

बस्ने विषयमा मात्र होइृन खानामा पनि विभेद हुन्छ । महिनावारी भएको बेला गाई, भैँसीको दूध दहि खाँदैनन् । महिनावारीको बेलामा घरमा पालेको गाई, भैँसीको दूध खाए तिनले दूध दिन छोड्छन् भन्ने अन्धविश्वास छ ।
तर मनाको घरमा यी सबै कुरा हुदैन तर घर अभावले गर्दा पाल मा बस्नु परेको छ ।

भदौ १ गतेबाट लागु भएको अपराध संहिताको दफा १६८ को उपदफा ३ मा महिलालाई महिनावारीका समयमा विभेद गर्न नहुने कुरा उल्लेख गर्दै छाउपडी प्रथालाई दण्डनीय मानिएको छ। महिनावारी भएका बेला कसैले महिलालाई गोठमा बस्न बाध्य बनाए वा गोठमा बसालेमा ३ महिना कैद वा ३ हजार रुपैँया जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। तर अछामका महिलाहरुलाई अपराध संहिताले अझै छुन सकेको छैन्।

तपाईंको प्रतिक्रिया दिनुस्