महाकाली नदीमा बगेर एक युवा बेपत्ता

label समाचार प्रकाशक query_builder November, 17 2018

सुदूर खबर/लोकेन्द्र प्रसाद जोशी, दार्चुला ।
महाकाली नदीमा बगेर एक युवा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दार्चुलाको महाकाली नगरपालिका ४ का २२ बर्षिय चन्द्र बम रहेका छन् ।
कपडा फुकालेर महाकालीमा नुहाउन गएको बेला नदीमा बगेर बम वेपत्ता भएको प्रतक्ष्यदर्शीले बताएका छन् ।
खलंगा तिकंरखेडा नजिकैबाट आज बेलुका नदीमा बगेर बेपत्ता भएका बमको खोजि कार्य भइरहेको जिल्ला प्रहरी दार्चुलाले जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्