आफ्नै सोचेर गल्ती भयो

label सुदूरखबर संवाददाता query_builder November, 21 2018

तिमीसम्म आएको थिए आफ्नै सोचेर गल्ती भयो।
अब आउने छैन म तिमी भएको नेर गल्ती भयो।

हातको संकेतले त्यो अधर चुमिदिएको थिए मैले।
थाहै भएन पुगे त्यो अधरमा कतिखेर गल्ती भयो।

छोडेर जानेलाई भुली दिनुपर्ने रहेछ त्यतिबेला नै।
बारम्बार मनमा राखेर उसलाई सम्झेर गल्ती भयो।

मैले पनि भाडैमा दिनुपर्ने रहेछ आफ्नो दिललाई।
बल्ल बुझे तिमीलाई निस्वार्थ प्रेम गरेर गल्ती भयो।

यो निधारमा छुटिनै लेखेको रहेछ भने उनिसँग।
यस्तो नसोच्नु होला दिनहुँ नभेटेर गल्ती भयो।

बिजय कुमार शाह ‘अनुराग’
रुकुम

तपाईंको प्रतिक्रिया दिनुस्