मंसिर महिना लागेसँगै लोकपृय गायक चेतन बोहराले पनि “जन्ती बजाउन्या” (हेर्नुहोस भिडियो सहित)

label समाचार प्रकाशक query_builder November, 25 2018

गायक चेतन बोहराले फेरि स्रोता-दर्शकको मनछुने नयाँ गीत बजारमा ल्याएका छन् । ‘धौलीको ब्या’, ‘मेरी लाली’ पछि चेतनले ‘जन्त बजाउन्या’ बोलको नयाँ गीत बजारमा ल्याएका हुन् । शनिबार मात्रै उनको यो गीत युट्युबमा सार्वजनिक गरिएको छ ।

गीतमा चेतनसँगै यसुदा बुढाले स्वरमा साथ दिएकी छन् । ‘जन्त बजाउन्या’ गीतमा शब्द-संगीत गायक बोहराकै रहेको छ । भने, गीतमा पनि गायक बोहरा, टिका जैशी, टेक साउँदलगायतको मोडलिङ, म्युजिक ब्वाइको र्याप, सुमन केसीको एरेन्जिङ रहेको छ ।


यो गीतको छायांकन प्रकाश खड्का, निर्देशन बिक्रम चौहान, सम्पादन लक्षमण चौहान, कलर मिलन विश्वकर्माले गरेका हुन् ।

तपाईंको प्रतिक्रिया दिनुस्